ट्रम्प प्रशासनविरुद्ध तीन नेपालीको मुद्दा, टीपीएस प्राप्त नागरिकको समर्थन « Khabarhub

ट्रम्प प्रशासनविरुद्ध तीन नेपालीको मुद्दा, टीपीएस प्राप्त नागरिकको समर्थन


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरुले हिमपातको समेत वास्ता गरेनन् ह्वाइट हाउसअघि टीपीएसका पक्षमा नाराबाजी गरिरहे । नेपाली भाषीहरुको अधिकारका लागि न्युयोर्कमा कार्यरत ‘अधिकार’ नामक संस्थाको नेतृत्वमा टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरु वासिङ्टन डीसी पुगेका थिए । नेपालीको प्रदर्शनमा विभिन्न मुलुकका टीपीएस प्राप्त नागरिकले समेत समर्थन जनाएका छन् ।

नेपाल र होन्डुसरको टीपीएस समाप्त नगर्न माग गर्दै दुई दिनअघि अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा तीन जना नेपालीले ट्रम्प प्रशासनविरुद्ध मुद्धा दर्ता गरेका छन् ।

केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले त्यहाँको सरकारलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको दुई दिनपछि वासिङटन डीसीमा बृहत् प्रदर्शन गरिएको अन्नपूर्ण पोस्ट् दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : १० बजे

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६