ट्रम्प प्रशासनविरुद्ध तीन नेपालीको मुद्दा, टीपीएस प्राप्त नागरिकको समर्थन « Khabarhub

ट्रम्प प्रशासनविरुद्ध तीन नेपालीको मुद्दा, टीपीएस प्राप्त नागरिकको समर्थन


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अध्यागमनसम्बन्धी अस्थायी व्यवस्था टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) को समय थप्न माग गर्दै अमेरिकामा रहेका नेपालीले प्रदर्शन गरेका छन् ।

मंगलबार उनीहरुले हिमपातको समेत वास्ता गरेनन् ह्वाइट हाउसअघि टीपीएसका पक्षमा नाराबाजी गरिरहे । नेपाली भाषीहरुको अधिकारका लागि न्युयोर्कमा कार्यरत ‘अधिकार’ नामक संस्थाको नेतृत्वमा टीपीएसवाहक, समर्थक र अधिकारकर्मीहरु वासिङ्टन डीसी पुगेका थिए । नेपालीको प्रदर्शनमा विभिन्न मुलुकका टीपीएस प्राप्त नागरिकले समेत समर्थन जनाएका छन् ।

नेपाल र होन्डुसरको टीपीएस समाप्त नगर्न माग गर्दै दुई दिनअघि अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा तीन जना नेपालीले ट्रम्प प्रशासनविरुद्ध मुद्धा दर्ता गरेका छन् ।

केशव भट्टराई, सुम्निमा थापा र सज्जन पाण्डेले त्यहाँको सरकारलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको दुई दिनपछि वासिङटन डीसीमा बृहत् प्रदर्शन गरिएको अन्नपूर्ण पोस्ट् दैनिकले समाचार प्रकाशित गरेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : १० बजे

निर्वाचनको परिणामले राजनीतिक अस्थिरता आउँदैन : एमाले उपाध्यक्ष नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आमनिर्वाचनको परिणामले

थापाथलीको सुकुम्बासी बस्ती तनावग्रस्त

काठमाडौँ- काठमाडौँको थापाथलीमा रहेको सुकुम्बासी बस्ती तनावग्रस्त बनेको छ ।

कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ कांग्रेस र माओवादी बराबर

काठमाडौँ- अघिल्लो निर्वाचनमा कर्णाली प्रदेशमा नेकपा एमाले र नेकपा माओवादी

नयाँ परिस्थितिअनुसार पार्टी अघि बढ्छ : सुवास नेम्वाङ

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले नयाँ परिस्थितिअनुसार पार्टी अघि

सेयर बजार घट्यो

काठमाडौँ- कारोबार हुने साताको दोस्राे दिन सोमबार सेयर बजार ओरालो