अमेरिकामा बढ्दै छ बजेट घाटा, अघिल्लो वर्षभन्दा ४० प्रतिशत कमी « Khabarhub

अमेरिकामा बढ्दै छ बजेट घाटा, अघिल्लो वर्षभन्दा ४० प्रतिशत कमी


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकामा प्रत्येक वर्ष बजेट घाटा बढ्दो अवस्थामा छ । संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले जनाएको छ।

अघिल्लो बर्षको सोही महिनाको तुलनामा घाटा बजेटमा ४० प्रतिशतको कमी आएको हो । अघिल्लो बर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो । अमेरिकाको सम्पूर्ण खर्चमा गत बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा गत बर्ष ६.६ प्रतिशतको कमी आएको छ ।

आर्थिक बर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र डिसेम्बर, मा बजेट घाटा तीन खर्ब १८ अर्ब ९० करोड अमेरिकी डलर रहेको देखिएको छ । यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतको बढी हो ।

नियमित तालिका अनुसार उक्त तथ्याङ्क जनवरीको अन्त्यमा सार्वजनिक हुनुपर्नेमा ट्रम्प सरकार र संसदबीचको विवादका कारण सरकारी कार्यालयमा भएको ३५–दिन लामो आंशिक बन्दका कारण ढिलो गरी सार्वजनिक भएको छ ।

अमेरिकाको गत बर्षको डिसेम्बरमा उच्च तीन ठूला खर्चहरू, सामाजिक सुरक्षामा ८४ अर्ब अमेरिकी डलर, राष्ट्रिय सुरक्षामा ५७ अर्ब अमेरिकी डलर र स्वास्थ्यमा ४८ अर्ब अमेरिकी डलर रहेको तथ्याङ्कमा उल्लेख छ ।

अमेरिकाको सार्वजनिक ऋण फेब्रुअरी ११ सम्ममा २२.०१ ट्रिलियन डलर रहेको र यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।

वासिङ्टनस्थित बजेट अध्ययन गर्ने स्वतन्त्र संस्था, ट्याक्सपेयर फर कमन सेन्सका कार्यकारी उपाध्यक्ष स्टेफेन एलिसले दिएको जानकारी अनुसार अमेरिकाको कुल ग्राहस्थ उत्पादनको कर्जा एक तहमा विगत केही दशकदेखि नदेखिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : १७ बजे

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम