सोलार ब्याट्री पड्किएर आगलागि, आगो निभाउन गएकी वृद्धा घाइते « Khabarhub

सोलार ब्याट्री पड्किएर आगलागि, आगो निभाउन गएकी वृद्धा घाइते


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सोलार ब्याट्री पड्किएर भएको आगलागिबाट सिन्धुलीको तीनपाटन गाउँपालिकामा दुई घर जलेका छन् । आगलागिबाट तीनपाटन गाउँपालिका ६ का पूर्णबहादुर भुजेलका दुई घर जलेका हुन्।

घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट ५ लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

सिन्धुलीकै हिजै गाउँपालिका १० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते भएकी छन् । खरबारीमा लागेको आगो निभाउन जाने क्रममा आगोले जलेर ६० वर्षीया अमृता दर्जी घाइते भएकी हुन् ।

घाइते दर्जीको सिन्धुलीमा प्राथमिक उपचार गरी थप उपचारका लागि धुलिखेल ल्याइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ८ : ३१ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं