देश/प्रदेश

सोलार ब्याट्री पड्किएर आगलागि, आगो निभाउन गएकी वृद्धा घाइते

By खबरहब

February 15, 2019

सिन्धुली- सोलार ब्याट्री पड्किएर भएको आगलागिबाट सिन्धुलीको तीनपाटन गाउँपालिकामा दुई घर जलेका छन् । आगलागिबाट तीनपाटन गाउँपालिका ६ का पूर्णबहादुर भुजेलका दुई घर जलेका हुन्।

घरमा रहेको ४५ एम्पियरको १२ भोल्टको सोलार ब्याट्री पड्किँदा घरमा आगलागी भई दुवै घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । तार सर्ट भएर ब्याट्री पड्किँदा भएको आगलागीबाट ५ लाख ६४ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

सिन्धुलीकै हिजै गाउँपालिका १० धाप्रेमा आगोले जल्दा एक वृद्धा घाइते भएकी छन् । खरबारीमा लागेको आगो निभाउन जाने क्रममा आगोले जलेर ६० वर्षीया अमृता दर्जी घाइते भएकी हुन् ।

घाइते दर्जीको सिन्धुलीमा प्राथमिक उपचार गरी थप उपचारका लागि धुलिखेल ल्याइएको छ ।