फ्राइडे रिलिज: हलमा स्वस्तिमाको ‘बुलबुल’ « Khabarhub

फ्राइडे रिलिज: हलमा स्वस्तिमाको ‘बुलबुल’


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालका सिंगल तथा मल्टिप्लेक्स हलमा नेपाली फिल्म ‘बुलबुल’ रिलिज हुँदैछ ।

विनोद पौडेलले निर्देशन गरेको यो फिल्ममा स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका छ । फिल्ममा स्वस्तिमाले पत्नी, आमा तथा एक टेम्पो चालिकाको भूमिका निभाएकी छिन् । यो फिल्म निर्माणको औपचारिक घोषणापछि नै दर्शकमाझ प्रतीक्षित बनेको थियो ।

ट्रेलर तथा गीतका कारण फिल्मले रिलिजअघि नै बाक्लो चर्चा कमाएको छ । यद्यपि विदेशी फिल्मसमेत हलमा रिलिज भइरहेकाले फिल्मले मल्टिप्लेक्स हलमा धेरै स्किृन पाउन सकेको छैन ।

काठमाडौंका केही हलमा गत शुक्रवार रिलिज भएको फिल्म ‘समर लभ’ पनि चलिरहेको छ ।

अविरल थापा, भीम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले निर्माण गरेको यो फिल्ममा कथा तथा स्किृप्ट निर्देशक पौडेलकै रहेको छ ।

फिल्ममा स्वस्तिमा र मुकुनसँगै जोयश पाण्डे, लक्ष्मी बर्देवा, दीपक क्षेत्री, उज्ज्वल अधिकारी, एलिना कार्की लगायतले अभिनय गरेका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १० : ०२ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको