अनमोललाई लिएर ५० लाखमा फिल्म बनाएँ भने ३ करोड कमाउन सक्छु – भुवन केसी « Khabarhub

अनमोललाई लिएर ५० लाखमा फिल्म बनाएँ भने ३ करोड कमाउन सक्छु – भुवन केसी


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘सदावहार नायक’को ‘ट्याग’ पाएका अभिनेता भुवन केसीले फिल्म ‘क्याप्टेन’ को कुरा गर्ने सिलसिलामा आफ्ना पुराना समयका मेमोरी शेयर गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै केसीले त्यो जमानामा आफूले दिनमा पाँच वटासम्म फिल्म खेल्नुपर्ने गरी व्यस्त भए पनि आफूले चाहेजस्तो फिल्म बनाउन नपाउँदा फिल्म ‘सपना’ निर्माण गरेको बताए ।

अहिले पनि कलाकारसँगै निर्माताका रुपमा सक्रिय नायक केसीले भने, ‘त्यो समयमा व्यस्त हुँदाहुँदै पनि मैले फिल्ममा लगानी गरेँ, अरुका फिल्म सधै सीमित ठाउँमा छायांकन हुन्थे, मैले भने त्यो बेला भनेजस्तो फिल्म बनोस् भनेर लगानी गरेँ, किनकि मलाई उत्कृष्ट फिल्म बनाउनु थियो ।’

त्यतिबेला आफूले मुम्बईमा व्यस्त छायांकार विनोद प्रधानलाई लिएर नेपाली सिनेमाको छायांकन गरेको केसीले सुनाए । उनका अनुसार त्यतिबेला सीमित ठाउँमा मात्र फिल्मको छायांकन गरिन्थ्यो । भुवन केसी फिल्ममा अभिनेता मात्र हुँदा उनले अरु कुरामा सल्लाह दिन पाउँदैनथे ।

‘दर्शकले पनि बुझ्नुभएको छ, म सकभर राम्रो फिल्म मात्र बनाउँछु, मेरो चाहना हामीले बनाएको फिल्मले कमाइ मात्र नगरेर फिल्म क्षेत्रको विकासमा पनि सहयोग गरोस् भन्ने हो, अहिले पनि त्यही छ’, केसीले अगाडि थपे, ‘मेरो सधैं लोभ फिल्म कसरी राम्रो बनाऊँ भन्ने हो, पैसा कमाउने मात्र होइन, यदि हुन्थ्यो भने अनमोललाई लिएर पचास लाखमा फिल्म बनाउँथे, तीन करोड कमाइ हुन्थ्यो ।’

केसीले अहिले छोरा अनमोल केसीलाई पनि राम्रा फिल्ममा मात्र काम गर्न भन्ने गरेको पनि बताए । अनमोल अभिनित फिल्म ‘क्याप्टेन’ फागुन १७ गतेदेखि रिलिज हुँदैछ । यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् भने भुवन केसीले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १० : ५२ बजे

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ