झापामा कला साहित्य उत्सव हुने « Khabarhub

झापामा कला साहित्य उत्सव हुने


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर – रिर्डस झापाको आयोजनामा प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुँदै आएको कला साहित्य उत्सव यही फागुन १८ गतदेखि शुरु हुने भएको छ ।

झापाको मेचीनगर–६ स्थित काँकडभिट्टामा हुने ‘कला साहित्य उत्सव २०७५’ मा १४ विषयमा समूहगत छलफल गरिने बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी रिर्डसले जानकारी दिएको हो ।

फागुन २० गतेसम्म सञ्चालन गरिने यो उत्सवको चौथो शृङ्खलामा प्यानल डिस्कसनसहित कला प्रदर्शनी, प्रत्यक्ष चित्रकला, आर्ट क्विज र फोटो प्रदर्शनी एवं नाटक मञ्चन गरिने कार्यक्रमका संयोजक हरि तिम्सिनाले जानकारी दिए ।

आयोजक समितिका सदस्य दामोदर ढुङ्गेलका अनुसार कला, साहित्य उत्सव केवल लेखक र साहित्यकारका लागि मात्र लक्षित नगरी विद्यार्थी एवं सार्वजनिक चर्चाका विषयमा रुचि राख्ने सबैका लागि भएको बताए ।

उत्सवमा कला, साहित्य, संस्कृति, अर्थराजनीति, सञ्चार एवं पर्यावरणजस्ता विषयमा विमर्श गरिने आयोजक संस्थाका सचिव सौरभ मैनालीले बताए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ११ : ३८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया