पुष्प र साम्राज्ञी फ्लोरमा उत्रिए, ‘मारुनी’ को शुभमुहूर्त « Khabarhub

पुष्प र साम्राज्ञी फ्लोरमा उत्रिए, ‘मारुनी’ को शुभमुहूर्त


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर बन्न लागेको फिल्म ‘मारुनी’ को शुभमुहूर्त गरिएको छ । आज (शुक्रवार) काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको मुहूर्त गरियो । निर्माण टिमले साइत हेराएर आज मुहूर्त गरे पनि छायांकन भने फागुन १३ गतेबाट थालिनेछ ।

पुनम इन्टरनेटनमेन्टको ब्यानरमा बन्न लागेको यो फिल्ममा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा बालकलाकार कुशाग्र भट्टराई, स्वर्णीम पौडेल, सेफिअन्स लम्साल, साइरा आचार्य लगायत कलाकारको समेत अभिनय रहने निर्माण टिमले जनाएको छ ।

तस्वीर – निर्माण टिम

फिल्मको निर्माण पुनम गौतमले गर्न लागेकी हुन् । उनका अनुसार यो फिल्म फरक कथामा निर्माण हुँदैछ ।

नायिका साम्राज्ञीले फिल्मको कथा आफूलाई चित्त बुझेको बताइन् । यस्तै अभिनेता पुष्प र रेविकाले पनि फिल्मको कथाले आफूलाई तानेको धारणा राखे ।

आउँदो वर्षको भदौ १३ मा रिलिज हुने भनिएको यो फिल्मको मुहूर्त शट साम्राज्ञीले निर्देशन गरेकी थिइन् । फिल्मको निर्देशन नवल नेपालले गर्नेछन् भने छायांकन सञ्जय लामाले गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १२ : ३२ बजे

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित