पुष्प र साम्राज्ञी फ्लोरमा उत्रिए, ‘मारुनी’ को शुभमुहूर्त | Khabarhub Khabarhub

पुष्प र साम्राज्ञी फ्लोरमा उत्रिए, ‘मारुनी’ को शुभमुहूर्त


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई लिएर बन्न लागेको फिल्म ‘मारुनी’ को शुभमुहूर्त गरिएको छ । आज (शुक्रवार) काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा फिल्मको मुहूर्त गरियो । निर्माण टिमले साइत हेराएर आज मुहूर्त गरे पनि छायांकन भने फागुन १३ गतेबाट थालिनेछ ।

पुनम इन्टरनेटनमेन्टको ब्यानरमा बन्न लागेको यो फिल्ममा पुष्प र साम्राज्ञीसँगै रेविका गुरुङको पनि मुख्य भूमिका रहनेछ । फिल्ममा बालकलाकार कुशाग्र भट्टराई, स्वर्णीम पौडेल, सेफिअन्स लम्साल, साइरा आचार्य लगायत कलाकारको समेत अभिनय रहने निर्माण टिमले जनाएको छ ।

तस्वीर – निर्माण टिम

फिल्मको निर्माण पुनम गौतमले गर्न लागेकी हुन् । उनका अनुसार यो फिल्म फरक कथामा निर्माण हुँदैछ ।

नायिका साम्राज्ञीले फिल्मको कथा आफूलाई चित्त बुझेको बताइन् । यस्तै अभिनेता पुष्प र रेविकाले पनि फिल्मको कथाले आफूलाई तानेको धारणा राखे ।

आउँदो वर्षको भदौ १३ मा रिलिज हुने भनिएको यो फिल्मको मुहूर्त शट साम्राज्ञीले निर्देशन गरेकी थिइन् । फिल्मको निर्देशन नवल नेपालले गर्नेछन् भने छायांकन सञ्जय लामाले गर्नेछन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १२ : ३२ बजे

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड