घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा « Khabarhub

घुस प्रकरणमा मुछिएका अख्तियारका आयुक्त पाठकले दिए राजीनामा


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । उनले आज( शुक्रवार) राष्ट्रपति कार्यालयमा राजीनामा बुझाएका छन् ।

घुस लिएको भिडियो सार्वजनिक भएको भन्दै सत्तारुढ दल नेकपाले महाभियोग लगाउने तयारी गरेपछि उनले राजीनामा दिएका हुन् ।

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको जग्गा विवाद मिलाइदिने भन्दै ७८ लाख रुपैयाँ घुस लिएको विवरण भिडियोमार्फत् सार्वजनिक भएसँगै उनले पदबाट राजिनामा नदिए महाअभियोग सामना गर्नुपर्ने नेकपाका नेता योगेश भट्टराईले विहीवार चेतावनी दिएका थिए ।

घुस प्रकरणमा मुछिएका आयुक्त पाठकले इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग २०७४ भदौमा उक्त घुस लिएको बताइएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  १ : ५३ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य रु एक हजार ७००

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किँदै छन्

काठमाडौं– दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरू)

काठमाडौं– नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ

दक्षिण कोरियाले भन्यो- हाइपरसोनिक क्षेप्यास्त्रमा तापप्रतिरोधी प्रविधि प्रयोग गरिएको छ

सियोल – दक्षिण कोरियाली सेनाले आफ्नो स्वदेशी हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणबारे उत्तर कोरियाले

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड