काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माणको शिलान्यास « Khabarhub

काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माणको शिलान्यास


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको चःमतिमा वृद्ध पार्क निर्माण कार्य शुरु गरिएको छ । काठमाडौंको वडा नम्बर १५ स्थित चःमति जग्गा एकीकरण आयोजनाको क्षेत्र भित्र वृद्ध पार्क बनाउन शूरु गरिएको हो ।

शुक्रबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो वृद्ध पार्क निर्माण कार्यको शिलान्यास गर्दै समयमै सो निर्माण कार्य पूरा गर्न सम्बन्धी निकायलाई निर्देशन दिए । उनले काठमाडौं महानगरपालिकाका सबै वडालाई हरियाली बनाउने अभियान अन्तरगत वडा नम्बर १५ स्थित चःमतिमा वृद्ध पार्क बनाउन लागिएको पनि स्पष्ट पारे ।

अतिक्रमणमा परेका महानगरपालिकाका जग्गामा हरियाली पार्क निर्माण गर्ने मेयर शाक्यको योजना छ । उनले काठमाडौंको वातावरणलाई प्रदुषित हुन नदिन काठमाडौं महानगरपालिकाले छिमेकी १० वटा नगरपालिकालाई पार्क लगायतका हरियाली स्थल निर्माणका लागि एक करोडका दरले आर्थिक सहायता उपलब्ध गराएको पनि स्मरण गराए ।

काठमाडौं महानगरपालिकाको ४५ लाख, चःमति जग्गा एकीकरण आयोजनाको १५ लाख र स्थानीयबासीको ८ लाख गरी ६८ लाखमा सो पार्क निर्माण गर्न लागिएको हो । २ रोपनी जग्गामा सो पार्क निर्माण गर्न लागिएको चःमति नेवाः खलःका अध्यक्ष पूर्णकाजी ज्यापूले जानकारी दिए ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ३ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित