लाग्नसक्छ अमेरिकामा संकटकाल : ट्रम्प « Khabarhub

लाग्नसक्छ अमेरिकामा संकटकाल : ट्रम्प


३ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गर्नसक्ने चेतावनी दिएका छन् । कङ्ग्रेसले पारित गरेको सरकारी खर्चसम्बन्धी विधेयकमा आफूले हस्ताक्षर गर्ने तर मेक्सिकोसँगको सीमामा पर्खाल लगाइछाड्ने ट्रम्पको अठोट छ ।

कङ्ग्रेसले अत्यधिक बहुमतबाट पारित गरेको सरकारी खर्चसम्बन्धी विधेयकमा सीमा सुरक्षाका लागि खर्च छुट्याइएको भएपनि मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि भने खर्च दिइएको छैन ।

ह्वाइट हाउसकी प्रवक्ता सारा ह्युकबी स्याण्डर्सले ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गर्नसक्ने चेतावनी दिएकी हुन् ।

ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि कङ्ग्रेससँग ५ खर्ब ७० करोड डलरभन्दा धेरै मागेका थिए । यता डेमोक्र्याटहरुले भने सीमामा पर्खान निर्माणकै लागि संकटकालको घोषणा गरे त्यसको विरुद्धमा कानूनी उपचारको बाटो खोज्ने चेतावनी दिएका छन् ।

तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी बहुमत नेता न्यान्सी पेलोसी तथा माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक पार्टीका नेता चक सुमेरले ट्रम्पको संकटकालको घोषणाका विरुद्ध कानूनी प्रकृया शुरु गर्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७५, शुक्रबार  ५ : ५५ बजे

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत