एजेन्सी– अफ्रिकाको तटपारी हिन्दमहासागरमा अवस्थित मुलुक मदागस्करमा गत अक्टोबर यता दादुराका कारण करिब १ हजार बालबालिकाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनको खोप कार्यक्रमकी प्रतिनिधि कट्रिना क्रेट्सिङ्गरका अनुसार आधिकारिक तथ्याङ्क अनुसार मदागस्करमा गत अक्टोबरयता ९ सय ७७ जना बालबालिकाको ज्यान गएको जनाएकी हुन् ।
उनले त्यो सङ्ख्या अझै धेरै हुनसक्ने समेत जनाइन् त्यसबाहेक मदागस्करमा अरु ६६ हजारभन्दा धेरै बालबालिका दादुराबाट संक्रमित रहेको क्रेट्सिङ्गरको भनाइ छ ।
अफ्रिकाको सबैभन्दा गरिब मध्येको एक मुलुक मदागस्करमा खोप कार्यक्रम प्रभावकारी हुन नसकेका कारण दादुरा लगायतका रोगको महामारी बढेको बताइन्छ ।
मदागस्करमा अफ्रिकाका सबैभन्दा धेरै ४७ प्रतिशत बालबालिका कुपोषणको मारमा रहेको बताइन्छ ।
प्रतिक्रिया