काठमाडौं– हिरो गोल्ड कप महिला अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी भिडन्तमा नेपाल म्यानमारसँग ३–१ गाेलले स्तब्ध भएको छ ।
म्यानमारसँग पराजित भएसँगै नेपालले प्रतियोगिताको उपबिजेतामा चित्त बुझाउनु परेको छ । पहिलो हाफसम्म बराबरी खेलेको नेपाल दोस्रो हाफमा दुई गोल खान पुग्यो ।
खेलको ३८ औं मिनेटमा म्यानमारकी या या ओले गोल गरेपछि १—० गोलले पछि परेको नेपालका लागि ४५ औं मिनेटमा नेपालकी मंन्जली योन्जनले गोल गर्दै टिमलाईै बराबरीमा पुर्याएकी थिइन् ।
तर, दोस्रो हाफको ५२ औं मिनेटमा गोल गरेर म्यानमारले २–१ मा पुर्याएको थियो । म्यानमारले पुनः ६२ औं मिनेटमा अर्को गोल गरेपछि जीत निश्चित गर्यो ।
प्रतियोगिताको उपविजेता बनेको नेपालले ५ लाख भारु जितेको छ ।
प्रतिक्रिया