पुडासैनी प्रकरणमा रविले भने–’प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार’ « Khabarhub

पुडासैनी प्रकरणमा रविले भने–’प्रमाणित भए हदैसम्मको सजाय भोग्न तयार’


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पत्रकार शालिकराम पुडासैनीको भावविह्वल भिडियो बाहिरिएपछि चर्चित सञ्चारकर्मी रवि लामिछानेले आरोप प्रमाणित भएमा हदैसम्मको सजाय भोग्न तयार रहेको बताएका छन् ।

विभिन्न सञ्चार माध्यमले पुडासैनीको भिडियो सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो कुरा राख्ने तयारी गरेका छन् । रविले शालिकरामलाई ठूलो भ्रम परेको बताएका छन् ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानमा जुटेको प्रहरीले उनको मोबाइलका डिलेट भएका सबै म्यासेज, अडियो, भिडियो र तस्बिरसमेत रिकभर गरिसकेको छ । पुडासैनीको मोबाइलबाट पठाइएका र प्राप्त भएका सबै टेक्स, अडियो–भिडियो र कलको विवरणका विषयमा नेपाल प्रहरीको केन्द्रीय डिजिटल ल्याबमा परीक्षण भैरहेको छ ।

ल्याब परीक्षणको प्रतिवेदनको अध्ययनपछि मात्र चर्चित सञ्चारकर्मी रवि लामिछानेले टर्चर दिएको वा नदिएको भन्ने विषय टुंगो लाग्नेछ । लामिछानेको टर्चर भएको आरोप मोबाइलमा फेला परेको भिडियो रिपोर्टमा छ । मोबाइलमा फेला परेका सन्देशमा एक महिलाका विषयमा पत्रकार लामिछानेसहित ३ जनाले धेरै नै टर्चर दिएको पुडासैनीले आरोप लगाएका छन् ।

पुडासैनीको मोबाइलमा रेकर्ड गरिएका दुई वटा ८ मिनेट र ३ मिनेटका रिपोर्ट फेला परेको थियो । पत्रकार पुडासैनी साउन २० गते सोमबार चितवनको नारायणगढस्थित होटेल कङ्गारुमा झुन्डिएको अवस्थामा भेटिएका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ०९ बजे

गगन थापाको चेतावनी- प्राथमिकता नतोकिएको संविधान संशोधनले देशलाई द्वन्द्वमा धकेल्न सक्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्पष्ट प्राथमिकता र उद्देश्यबिना संविधान

‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले

राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकबाट ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो