हावामै उडेर यीनले राखे कीर्तिमान, पार गरे इङ्लिश च्यानल « Khabarhub

हावामै उडेर यीनले राखे कीर्तिमान, पार गरे इङ्लिश च्यानल


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्सको कलसिस शहरनजिक रहेको सानगेट र बेलायतबीच डोभर शहरमा रहेको ह्वाइट क्लिफसम्मको दूरी ३५ किलोमिटर छ ।

बीचमा इङ्लिश च्यानल पर्ने भएकाले यहाँका मानिसहरु एक अर्को स्थान जान पानीजहाज वा इङ्लिश च्यानमा निर्मित सुरुङमार्गको प्रयोग गर्छन् ।

तर हालै फ्रांकी जापाता नाम गरेका फ्रान्सेली इन्जिनियरले भने जेट प्रविधिमा आधारित फ्लाइ बोर्डको प्रयोग गरी केबल २२ मिनेटमै यो दुरी पार गरेका छन् ।

उनले मट्टितेल प्रयोग गरिएको जेट प्रविधिमा आधारित फ्लाइबोर्डको सहायतामा ११७ किलोमिटर प्रतिघण्टाको गतिमा इङ्लिश च्यानलमाथि उडेका थिए । करिब ५० फिटको उचाईमा उड्दै उनले यो दूरी २२ मिनेटमै पार गरेका हुन् ।

बीचमा उनी फ्लाइबोर्डमा इन्धन भर्नका लागि बीच समुद्रमा ओर्लेका थिए । उनको सुरक्षालाई मध्यनजर गर्दै केही हेलिकोप्टर समेत उडाइएको थियो ।

यसअघि पनि यस्तै किसिमको फ्लाइबोर्डबाट इङ्लिश च्यानल पार गर्ने अनेक कोशिस असफल भएका थिए । तर, उनले भने सफलतापूर्वक फ्लाइबोर्डको माध्यमबाट इङ्लिश च्यानल पार गर्ने कीर्तिमान कायम गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ५७ बजे

इरानको ड्रोन आक्रमणमा परी ओमानमा एक नेपाली घाइते

काठमाडौँ – इरानले गरेको ड्रोन आक्रमणमा परेर ओमानमा एक नेपाली

मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा बन्द भएको छ। यो सडकको

सुशीला आफैँले छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने, विज्ञसमेत जुटाएर धमाधम अध्ययन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की सरकारले भदौ २३ र २४ गतेको

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौं– नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक

विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दामा एकजना पक्राउ

काठमाडौं– प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कसुर मुद्दाका एक फरार अभियुक्तलाई