सुपर कपको उपाधि लिभरपुललाई « Khabarhub

सुपर कपको उपाधि लिभरपुललाई


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –युइएफ सुपर कपको उपाधि लिभरपुलले उचालेको छ । बुधबार राति भएको सुपर कपको खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभरपुलले उपाधि हात पारेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निणर्य टाईब्रेकरमा गरिएको थियो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । लिभरपुलको जितमा साडियो माने नायक रहे । उनैले लिभरपुलका लागि दुई गोल गरे ।

चेल्सी र लिभरपुलबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलमा शुरुवाती अग्रता भने चेल्सीले बनाएको थियो । ३६ औ मिनेटमा ओलिभर गिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४८ औ मिनेटमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दै खेल बराबरीमा गरेका थिए ।

९५ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २– को १अग्रता दिलाए । तर चेल्सीका मिडफिल्डर जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा फर्काए ।

टाईब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ९ : २५ बजे

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको