सुपर कपको उपाधि लिभरपुललाई « Khabarhub

सुपर कपको उपाधि लिभरपुललाई


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –युइएफ सुपर कपको उपाधि लिभरपुलले उचालेको छ । बुधबार राति भएको सुपर कपको खेलमा चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै लिभरपुलले उपाधि हात पारेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निणर्य टाईब्रेकरमा गरिएको थियो । जसमा लिभरपुल ५–४ ले विजयी बन्यो । लिभरपुलको जितमा साडियो माने नायक रहे । उनैले लिभरपुलका लागि दुई गोल गरे ।

चेल्सी र लिभरपुलबीचको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । खेलमा शुरुवाती अग्रता भने चेल्सीले बनाएको थियो । ३६ औ मिनेटमा ओलिभर गिराउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ४८ औ मिनेटमा लिभरपुलका लागि साडियो मानेले गोल गर्दै खेल बराबरीमा गरेका थिए ।

९५ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई २– को १अग्रता दिलाए । तर चेल्सीका मिडफिल्डर जोर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा फर्काए ।

टाईब्रेकरमा लिभरपुलका गोलकिपर एड्रियनले टमी अब्राहमको पेनाल्टी रोकेपछि च्याम्पियन्स लिग विजेता लिभरपुलले सिजनको पहिलो उपाधि उचालेको हो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ९ : २५ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित