खुट्टाको औलाबाट यसरी थाहा हुन्छ मानिसको स्वभाव « Khabarhub

खुट्टाको औलाबाट यसरी थाहा हुन्छ मानिसको स्वभाव


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार, कुनैपनि मानिसको स्वभाव हात तथा खुट्टाको औंला र रेखा हेरेर पनि थाहा पाउन सकिन्छ । यहाँ हामीले खुट्टाको औंलाको बारेमा चर्चा गरेका छौं ।

खुट्टाको औंलाबाट मानिसको स्वभाव ?

बुढी औंला : कुनैपनि मानिसको खुट्टाको बुढी औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट मात्र होइन क्रिएटिभ स्वभावका पनि हुन्छन् । ती व्यक्तिले कुनैपनि समस्याको समाधान छिट्टै गर्न सक्ने खालका हुन्छन् । यदि बुढी औंला अरु औंलाभन्दा सानो छ भने, एकै समयमा धेरै काम गर्न सक्ने क्षमताको संकेत गर्छ ।

दोस्रो औंला : कुनैपनि मानिसको खुट्टाको दोस्रो औंला लामो छ भने त्यस्ता मानिसहरु नेतृत्व गर्न सक्ने स्वभावका हुन्छन् । त्यतिमात्र होइन त्यस्ता मानिसहरु निकै नै गतिशिल र सृजनात्मक हुन्छन् ।

तेस्रो औंला : कुनैपनि मानिसको खुट्टाको तेस्रो औंला लामो छ भने त्यस्ता व्यक्तिहरु कामका लागि निकै नै उर्जावान र सिपालु हुन्छन् । उनिहरु जीवनमा पूर्णता चाहन्छन् । तर त्यस्ता व्यक्तिले आफ्नो कामको लागि परिवार, प्रेम र मनोरञ्जनलाई पनि बिर्सन सक्ने स्भावका हुन्छन् । यदि तेस्रो औंला सानो छ भने चाहिं त्यस्ता व्यक्तिहरुको जीवन निके रमाईलो हुन्छ । उनिहरु रसिक मानिन्छन् ।

चौथो औंला : यदि कुनैपनि मानिसको चौथो औंला लामो छ भने त्यस्ता मानिसले परिवारलाई निकै नै महत्वपूर्ण मान्छन् । तर चौथो औंला सानो भएका मानिसहरुका लागि भने परिवार र सम्बन्ध खासै महत्वपूर्ण हुँदैन ।

कान्छी औंला : कुनैपनि व्यक्तिको कान्छी औंला सानो छ भने त्यस्ता व्यक्तिहरुको स्वभाव बच्चाको जस्तो हुन्छ । उनिहरु कुनै जिम्मेवारी बहन गर्न मन पराउँदैनन् । तर यस्ता व्यक्तिहरु रमाईलो गर्न भने औधी मन पराउँछन् । यदि कसैले सानो औंलालाई हल्लाउन सक्यो भने त्यस्ता व्यक्तिहरु साहसी र आर्कषक हुन्छन् । अनि सानो औंला हल्लाउन नसक्ने व्यक्ति इमान्दार हुन्छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  १० : २७ बजे

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा

जलमग्न त्रिवि मैदानबाट मोटर लगाएर पानी निकालिँदै

काठमाडौँ – निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदान जलमग्न भएपछि

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको