घरेलु कामदारको पुनः श्रम स्वीकृति तत्काल नखोल्न निर्देशन « Khabarhub

घरेलु कामदारको पुनः श्रम स्वीकृति तत्काल नखोल्न निर्देशन


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाडीका देश र मलेसियामा कार्यरत घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति तत्काल नखुलाउन सरकारलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समितिमा खाडीका देशमा रहेका महिला कामदारको पुन: श्रम स्वीकृति खुलाउन माग गरेको थियो ।

तर, बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफल पछि सम्बन्धित मन्त्रीको स्पष्ट धारणा नआएसम्म समितिले पुनः श्रम स्वीकृति खुलाउन नसकिने जानकारी मन्त्रालयलाई गराएको थियो ।

खाडीका देश र मलेसियामा नेपाली महिला खसीबोका जस्तै विक्री भइरहेको भन्दै तत्कालीन व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ती देशमा महिला कामदार पठाउन रोक लगाउन सरकारले निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७२ चैत २० गते सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउने कार्यमा रोक लगाएको थियो ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएपछि २०७२ सालअघि खाडी गएका कामदारले आफ्नो परिवारसँग भेट्न र स्वदेश फर्किन पाएका छैनन् ।

यसरी श्रम अवधि सकिएर विदेशमा रहेका महिला कामदार सहजीकरण गर्नेका लागि पहल मन्त्रालयले गरेको श्रम मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिएका छन् ।

कतिपय घरेलु महिला कामदाररले पर्याप्त सुविधा, सेवा र पारिश्रमिक पाएका कारण त्यस्ता कामदारलाई पुनः स्वीकृति दिएर बाटो खुलाउन श्रम मन्त्रालयले समितिमा आग्रह गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १२ : १६ बजे

१३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

निर्देशक पन्तको दाबी : ‘आबाट आमा’को व्यापार ८ करोड ७२ लाख कट्यो

काठमाडौं – नायक पल शाह स्टारर फिल्म ‘आबाट आमा’ले सुरुवाती

जनहितमा काम गर्ने योजनासहित निर्वाचनमा होमिएको हुँ : वाग्ले

दमौली– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक

६ नेपाली फिल्म हलमा

काठमाडौं – फागुन १ गते शुक्रबारबाट तीन फिल्महरु ‘बिगुल’, ‘शिवांश’

एक थना पेस्तोल र चार राउन्ड गोलीसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज एक थना पेस्तोल र