घरेलु कामदारको पुनः श्रम स्वीकृति तत्काल नखोल्न निर्देशन | Khabarhub Khabarhub

घरेलु कामदारको पुनः श्रम स्वीकृति तत्काल नखोल्न निर्देशन


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाडीका देश र मलेसियामा कार्यरत घरेलु महिला कामदारको पुनः श्रम स्वीकृति तत्काल नखुलाउन सरकारलाई निर्देशन दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समितिमा खाडीका देशमा रहेका महिला कामदारको पुन: श्रम स्वीकृति खुलाउन माग गरेको थियो ।

तर, बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा भएको छलफल पछि सम्बन्धित मन्त्रीको स्पष्ट धारणा नआएसम्म समितिले पुनः श्रम स्वीकृति खुलाउन नसकिने जानकारी मन्त्रालयलाई गराएको थियो ।

खाडीका देश र मलेसियामा नेपाली महिला खसीबोका जस्तै विक्री भइरहेको भन्दै तत्कालीन व्यवस्थापिका–संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ती देशमा महिला कामदार पठाउन रोक लगाउन सरकारले निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार २०७२ चैत २० गते सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउने कार्यमा रोक लगाएको थियो ।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएपछि २०७२ सालअघि खाडी गएका कामदारले आफ्नो परिवारसँग भेट्न र स्वदेश फर्किन पाएका छैनन् ।

यसरी श्रम अवधि सकिएर विदेशमा रहेका महिला कामदार सहजीकरण गर्नेका लागि पहल मन्त्रालयले गरेको श्रम मन्त्रालयका सचिव महेश दाहालले जानकारी दिएका छन् ।

कतिपय घरेलु महिला कामदाररले पर्याप्त सुविधा, सेवा र पारिश्रमिक पाएका कारण त्यस्ता कामदारलाई पुनः स्वीकृति दिएर बाटो खुलाउन श्रम मन्त्रालयले समितिमा आग्रह गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  १२ : १६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र