प्लस टु पढ्न करिश्माले रोजिन् किटिनी कलेज « Khabarhub

प्लस टु पढ्न करिश्माले रोजिन् किटिनी कलेज


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले दश प्लस २ अध्ययनका लागि राजधानीको किटिनी क्याम्पस रोजेकी छिन् । उनले यसै वर्ष ३ जीपीए लिएर एसईई उत्तीर्ण गरेकी थिइन् ।

आफ्नो घर गोदावरी क्षेत्रमा भएकाले उनी सो क्याम्पसमा पढ्ने भएकी हुन् । करिश्माले सामाजिक सञ्जालमार्फत किटिनी उच्च माविको पोशाक लगाएर केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

यसअघि उनी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा आवद्ध थिइन् । भट्टराईले उपेन्द्र यादवको पार्टी संघीय समाजवादी पार्टीसँग एकता गरेपछि उनले राजनीति छोडेको घोषणा गरेकी थिइन् ।

मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलबाट एसईई परीक्षा दिएकी करिश्माको परीक्षा केन्द्र डिल्लीबजारको विजय स्मारक माध्यमिक विद्यालयमा परेको थियो ।

१४ वर्षको उमेरदेखि अभिनय यात्रा थालेकी करिश्मा गतवर्ष स्कूल भर्ना भएकी थिइन् । करिश्मा स्कूल भर्ना भएपछि उनको चर्चा चुलियो । फिल्मी दुनियाँमा भने उनी खासै चर्चामा छैनिन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  १ : ३६ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको