चालकको असावधानीले करेन्ट लाग्दा सहचालकको ज्यान गयो « Khabarhub

चालकको असावधानीले करेन्ट लाग्दा सहचालकको ज्यान गयो


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विदुर– नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा करेन्ट लागेर टिपरका सहचालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर १९ वर्षका थिङ सख्त घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।

बा४ख ८७१८ नंको टिपरका सहचालक रहेका उनको मृत्यु भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुबहादुर सहचालकका काका हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  १ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको