हङकङका प्रदर्शनकारीलाई डर देखाउन चीनले गर्‍यो सैनिक अभ्यास « Khabarhub

हङकङका प्रदर्शनकारीलाई डर देखाउन चीनले गर्‍यो सैनिक अभ्यास


३० श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हङकङ– लोकतन्त्रको माग गर्दै हङकङमा हिंसात्मक प्रदर्शन चर्किंदै जाँदा त्यसलाई दबाउन चीनको सशस्त्र फौजले हङ्कङको छिमेकी शहर सेन्जेनमा युद्ध अभ्यास गरेको छ ।

चीनको जनसशस्त्र प्रहरी बलले सेन्जेनमा रहेको एक रंगशालामा अर्बन वारफेयर अर्थात् शहरी युद्धकलाको अभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

शसस्त्र प्रहरी बलले युद्ध अभ्यास गरेको सेन्जेनको उक्त रंगशाला पत्रकारका लागि बन्द गरिएपनि रंगशालाको गाडी पार्किङ गर्ने स्थानमा एक सय भन्दा धेरै सैनिक तथा बख्तरबन्द गाडी राखिएको जनाइएको छ ।

यसअघि चिनियाँ अखबार ग्लोबल टाइम्सले गत मंगलबार सयौं सैनिक सवारी सेन्जेनतर्फ अगाडि बढेको भिडियो सार्वजनिक गरेको थियो । सेन्जेनमा यस्तो सैनिक अभ्यास यसअघि कहिल्यै नदेखिएको स्थानीयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ सञ्चारमाध्यमले पनि सेन्जेनमा भएको सैनिक अभ्यासबारे समाचार सार्वजनिक गरेका छन् । हङकङमा १० सातायता जारी प्रदर्शनमा सहभागी प्रदर्शनकारीलाई भयभित पार्नका लागि चीनले सैन्य अभ्यास गरेको विश्लेषण गरिएको छ ।

यता अमेरिकी विदेश मन्त्रालयले भने सेन्जेनमा भएको युद्ध अभ्यासबारे चिन्ता व्यक्त गर्दै प्रदर्शनकारीको वाक स्वतन्त्रताको सम्मान गर्न चीनसमक्ष आह्वान गरेको छ ।

१० सातायता हङकङमा जारी प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि दमन गरेको भन्दै चर्को आलोचना हुँदै आएको छ । प्रदर्शनकारीले गत सोमबार त्यहाँको विमानस्थल नै कब्जा लिँदै बुधबारसम्म त्यहाँका सयौं उडान र अवतरण अवरुद्ध गरेका थिए ।

प्रदर्शनकारीले हङकङमा अधिक स्वायत्तता, लोकतन्त्र तथा त्यहाँकी प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा शुरु भएको प्रदर्शनलाई केही दशक यताकै सबैभन्दा ठूलो राजनीतिक संकटका रुपमा हेरिएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ४ : ४७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६