भूकम्पका दृष्टिले नेपाल टाईम बममाथि : विज्ञ « Khabarhub

भूकम्पका दृष्टिले नेपाल टाईम बममाथि : विज्ञ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपाल भूकम्पको दृष्टिले टाईमबममाथि रहेको भन्दै समयमै आवश्यक पूर्व तयारी गर्न विज्ञहरुले सरकारलाई सुझाएका छन् ।

बिहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले यस्तो सुझाव दिएका हुन् ।

भुकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औं स्थानमा रहेको जानकारी हुँदाहुदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्व तयारीलाई वेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पूर्व तयारी थाल्न सरकारलाई सचेत गराएका हुन् ।

विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगालाल तुलाधरले भूईचालोको दृष्टिकोणबाट नेपाल टाईमबम माथि रहेको भन्दै कुनै पनि बेला आईपर्न सक्ने विपद्को पूर्व तयारी शुरु गर्न ढिलाई गर्न नहुने बताए ।

नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाईएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको भन्दै उनले सुरक्षित बसोबासको प्रबन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उनले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूची अनुसार राहत वितरण हुन नसकेको गुनासो गरे । सरोकारवाला तथा सम्बन्धित निकायबीच समन्वय हुन नसक्दा तत्कालको राहत चाउचाउ र चिउरामा सीमित हुने गरेको टिप्पणी पनि उनले गरे ।

विपद्का बेला मानविय उद्धार पहिलो प्राथमिकता भएपनि त्यसो हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरे । सामाजिक सञ्जालको बढ्दो प्रयोगसंगै मानविय संवेदनशीलता पनि खतरामा परेको टिप्पणी उनको थियो । उनले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फी लिनेहरुको भीड लाग्नु दुखद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ५ : ०४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको