अफगानिस्तान विरुद्ध नेपालको लगातार दोस्रो जित « Khabarhub

अफगानिस्तान विरुद्ध नेपालको लगातार दोस्रो जित


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीले अफगानिस्तानी टोलीसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा रोमाञ्चक जित हात पारेको छ ।

लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा बुधबार भएको खेलमा नेपालले अफगानिस्तानलाई ३–२ को सेटमा पराजित गरेको हो ।

४ सेटको खेलमा २–२ बराबरी भएपछि खेल वेष्ट अफ फाइफमा धकेलिएको थियो । खेलको अन्तिम सेटमा नेपाली टोलीले १५-१२ स्कोरमा जीत हात पारेको हो ।

पहिलो र दोस्रो सेटमा लगातार २५–२२ र २५–१५ को स्कोरमा जीत हात पारेको अफगानिस्तानविरुद्ध नेपाली टोलीले तेस्रो सेटमा मात्रै लय समात्न सकेको थियो । त्यसपछि लगातार तेस्रो र चौथो सेटमा नेपालले २६–२४, २६–२४ स्कोरको रोमाञ्जक जीत हात पारेको थियो ।

१ बर्षपछि अन्तर्राष्ट्रिय खेल खेलेको नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । अफगानिस्तानसँगको मैत्रिपूर्ण खेलले नेपाली टोलीलाई भदौ २ गतेदेखि ८ गतेसम्म नेपालमा आयोजना हुनेछ । यो मत्रीपूर्ण खेललाई एभिसी सेन्ट्रल जोन च्याम्पियनसिपको वाम अफ खेल हो ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ५ : ४९ बजे

आज २०८२ साल चैत २६ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २६ गते बिहीबार वैशाख

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको