काठमाडौं लुट्ने एउटा समूह– जसले घरमा भेटिएजति सबथोक उठायो | Khabarhub Khabarhub

काठमाडौं लुट्ने एउटा समूह– जसले घरमा भेटिएजति सबथोक उठायो


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा लुटपाट मच्चाउने एक गिरोहलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट धनमाल चोरी गर्ने गिरोहका ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उक्त गिरोह विगत केही महिनादेखि काठमाडौं उपत्यकामा भइरहेका चोरीका घटनामा संलग्न छ ।

पक्राउ पर्नेमा डोटीको जोराइन गाउँपालिका–४ घर भइ हाल काठमाडौं महानगरपालिका–१४ बल्खुको सुकुम्बासी टोल बस्ने ४४ वर्षीय धनबहादुर थापा, डोटीको जोरायल–४ नै घर भइ काठमाडौं कीर्तिपुर भाजङ्गल बस्ने २१ वर्षीय रामबहादुर थापा, मकवानपुरको टिस्टुङ पालुङ घर भइ काठमाडौंको कलंकी बस्ने १९ वर्षीय जीवन तामाङ स्याङ्तान र झापाको दमक घर भइ कीर्तिपुर बस्ने ३२ वर्षीय रवीन्द्र अधिकारी छन् ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, डिएसपी नारायण प्रसाद चिमरीयाका अनुसार उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट घरगहना, कम्प्युटर (ल्यापटप), घरायसी सामग्रीहरु चोरी गर्दै आएका थिए ।

पक्राउ परेका ४ जनाबाट प्रहरीले १६ तोला बराबरका चोरीका गरगहना, करिब ५० तोला जति चाँदिका गहनासहित विभिन्न सामग्री, विद्युतीय उपकरण, ल्यापटप, विभिन्न देशका मुद्राहरु र चोरी गर्दा प्रयोग गरिने खुकुरी लगायतका सामग्री बरामद गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले काठमाडौं उपत्यकाका विभिन्न घरमा चोरी गरी घरमा भेटिएकाजति सामग्री चोरेर लैजाने गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले केही घरबाट तामा तथा चरेका थाल, कचौरालगायत सामग्री पनि चोरी गरेको भेटिएको छ ।

पक्राउ परेका ४ जनाविरुद्ध ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी चिमरीयाले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : २८ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको