नेप्से परिसूचक निरन्तर ओरालो « Khabarhub

नेप्से परिसूचक निरन्तर ओरालो


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको १६ लाख १० हजार ५४० कित्ता शेयर रु ४२ करोड ४३ लाख २३ हजार १२८ मा कारोबार भयो ।

स्टकका अनुसार कारोबार भएका १२ मध्ये सात उपसमूहको शेयर बढेको छ । व्यापार ६.६७, होटल १३.९, विकास बैंक ४.५, वित्त १.७९, निर्जीवन बीमा १७.३२, उत्पादन २३.८३ र जीवन बीमा १९.४३ अङ्कले बढेको छ । त्यस्तै बैंकिङ २.३३, जलविद्युत् ७.९५, अन्य ६.६८, लघुवित्र ४.०१ र सामूहिक लगानी कोषको शेयर शून्य अङ्कले घटेको छ ।

कारोबार रकमका आधारमा माछापुछ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु पाँच करोड ३७ लाख ८६ हजार २७३, सनराइज बैंक लिमिटेड रु चार करोड ८२ लाख ८२ हजार ७७५, प्रभू बैंकको रु दुई करोड ३७ लाख २१ हजार ८३३, नेपाल इन्भेष्टमेन्ट बैंकको रु दुई करोड ३६ लाख ९५ हजार ३९१ र एनआइसी एसिया बैंकको रु दुई करोड पाँच लाख ९४ हजार ६०२ को कारोबार भएको छ ।

घटेको बजारमा स्टकका अनुसार आज मन्जुश्री फाइनान्स कम्पनीका लगानीकर्ताले ६.५६ प्रतिशतले कमाए । त्यस्तै विशाल बजार कम्पनी लिमिटेड ६.०३, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.००, हिमालयन डिष्टिलरी ३.६३, वेष्ट फाइनान्स कम्पनी ३.१३ र महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.०५ प्रतिशतले कमाए ।

यसैगरी वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका शेयरधनीले ५.६० प्रतिशतले गुमाउँदा युनाइटेड मोदी हाइड्रोपावर ५.३०, पाँचथर पावर कम्पनी ३.३३, नेपाल इन्भेष्टमेन्ट बैंक ३.१४ र नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २.९७ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ६ : ३४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह