आन्तरिक उडानमा विदेशीलाई लिइने भाडादर घटाइने « Khabarhub

आन्तरिक उडानमा विदेशीलाई लिइने भाडादर घटाइने


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत देखाएका छन् ।

नागरिक उड्डयन प्राधिकरणद्धारा विहिबार आयोजित एभियसन सेफ्टी रिपोर्ट २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्तरिक उडानमा विदेशीलाई लिइने भाडा दर घटाउने संकेत देखाएका हुन् ।

आन्तरिक उडानमा विदेशीलाई लिइने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आइरहेको भन्दै उनले त्यसबारे व्यवसायीहरुसंग परामर्श गरेर छिटै निर्णय गरिने बताए । उनले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औल्याए ।

उनले हवाई जहाजमा प्रयोग हुने इन्धनको मुल्य सम्बन्धमा पनि छलफल गरिने बताए । उनले सार्वजनिक निजी साझेदारी मोडलमा उड्डयन विद्यालय स्थापना गर्ने सम्बन्धमा पहल भइरहेको र छिट्टै मन्त्रालयको संयोजकत्वमा सरोकारवाला सम्मिलित कमिटी बनाउने जानकारी दिए ।

प्राधिकरणद्धारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट २०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र सकारात्मक हुने अपेक्षा राखेका थिए ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : २३ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार