शालिकराम मृत्यु प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ « Khabarhub

शालिकराम मृत्यु प्रकरणमा पत्रकार रवि लामिछाने पक्राउ


३० श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका पत्रकार रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रविलाई पानीपोखरीस्थित न्युज–२४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरेको हो । चितवन प्रहरीको आग्रहमा महानगरीय प्रहरी परिसर काठमाडौंले लामिछानेलाई पक्राउ गरेको हो । चितवन प्रहरीले काठमाडौं प्रहरीसँगको समन्वयमा रविलाई चितवन लैजान लागेको बताइएको छ ।

लामिछाने न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका संयोजक हुन् । पत्रकार पुडासैनीको साउन २० मा  चितवनमा झुण्डिएको अवस्थामा एक होटलमा शव भेटिएको थियो ।

‘अस्मिता’ भन्ने रुकु कार्की, पत्रकार रवि लामिछाने र युवराज कँडेलले अ‍ाफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरिएको भिडियो सार्वजनिक भएपछि घटनामा मुछिएकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनामा मुछिएका युवराज कँडेललाई पनि पक्राउ गरेको छ । यसअघि यही प्रकरणमा चितवन प्रहरीले अस्मितालाई नियन्त्रणमा लिइसकेको छ ।

चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

रवि लामिछानेलाइ पक्राउ गरे लगतै सामाजिक संजालमा चर्को बिरोध भएको छ । रवि लामिछानेका समर्थकले रवि र सिधा कुरा जनतासंगको कार्यक्रमलाइ सिध्याउन ठूलो सड्यन्त्र रहेको भन्दै बिरोध गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार  ७ : ३१ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको