काठमाडौंमा बिहानैदेखि वर्षा, देशभर सामान्य बदली « Khabarhub

काठमाडौंमा बिहानैदेखि वर्षा, देशभर सामान्य बदली


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण आज (आइतबार) बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि सानो तर बाक्लो पानी परेका कारण दिउँसोसम्म यही क्रम जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा हुँदा र पुर्वी भाग औसत स्थान भन्दा थोरै उत्तर तर्फ हुनुका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित भएकाले देशभर सामान्य बर्षा हुने महाशाखाले जनाएको छ ।

बंगालको खाडिबाट अएको जलवाष्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेकोले पनि केहि दिन नेपालमा फाट्टफुट्ट पानी पर्ने सम्भाना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ ३ दिनको मौसमबारे पूर्वअनुमान
भदौ २९ गते (आइतबार)

दिउँसो: देशभरी आंसिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भु-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ ३० गते (सोमबार)

दिउँसो: देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भदौ ३१ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राति: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ८ : २८ बजे

यु–१९ एसीसी कप : श्रीलंकाविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– १९ वर्षमुनिको पुरुष एसीसी एसिया कप क्रिकेटमा नेपाल र

हिक भिजन ‘ब्राण्ड’को वार्षिक वितरक भेला सुरु

चितवन– सूचना प्रविधिको उपकरण उत्पादनमा विश्व प्रसिद्ध हिक भिजन ‘ब्राण्ड’को

एमाले महाधिवेशनमा १०८ प्रतिनिधि मनोनित (नामावलीसहित)

काठमाडौं– नेकपा एमालेले पार्टीको ११ महाधिवेशनमा सहभागी हुने १ सय

मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत्

एमाले महाधिवेशन उद्घाटनमा रास्वपाबाट महामन्त्री बुर्लाकोटी जाने !

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेकपा एमालेको ११औँ महाधिवेशनको