यो वर्ष रोकियो लोपोन्मुख जिब्रो छेड्ने जात्रा « Khabarhub

यो वर्ष रोकियो लोपोन्मुख जिब्रो छेड्ने जात्रा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे ।

विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि मर्‍यो । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यस वर्ष फेरि यो जात्रा रोकिएको छ ।

जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेगु जात्रा व्यव्स्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो ।

२५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२, २०५७ र २०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडाए ।

त्यसपछि गत वर्ष स्थानीय युवाले समिति नै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि विसं २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले र विसं २०७५ मा थिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए ।

मध्यपुरथिमि नगरपालिकाको तीन लाख ५० हजार सहयोग र नपुग रकम स्थानीयवासी चन्दादाताबाट सङ्कलन गरी गत वर्ष सञ्चालन भएको यो जात्रा यस वर्षबाट भने फेरि अनिश्चित बनेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १० : ३९ बजे

भैँसेपाटीस्थित मन्त्री निवास बस्न अयोग्य, नयाँ मन्त्रीलाई अस्थायी आवासको व्यवस्था गरिने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको