आफ्नो आलोचना गर्ने व्यक्तिलाई पक्राउ गरेपछि मलेशियाकी महारानी दु: खी « Khabarhub

आफ्नो आलोचना गर्ने व्यक्तिलाई पक्राउ गरेपछि मलेशियाकी महारानी दु: खी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– मलेशियाकी महारानीले सामाजिक सञ्जालमा उनको अपमान गरेको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेकोमा दु:ख व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमा अपमान गरेको आरोपमा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेपछि ट्वीट गर्दै महारानी राजा परमिस्सुरी आगोङले आफू र मलेशियाका राजाले प्रहरीलाई कारबाही गर्न नभनेको र पक्राउसम्बन्धी समाचारले आफू दु:खी भएको जनाएकी बीबीसीले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा अपमानजनक सन्देश राखेको गरेको आरोपमा शुक्रवार प्रहरीले पश्चिमी नगर क्लाङबाट एक व्यक्तिलाई पक्राउ गरेको थियो।

महारानीले बुधवार आफ्नो ट्विटर खाता बन्द गरेको चर्चा चलेको थियो । त्यसपछि हजारौँ मानिसले उनलाई आफ्नो खाता बन्द नगर्न र सन्देश लेखिरहन आग्रह गरेका थिए ।

मलेशियाकी महारानीलाई राजा परमिस्सुरी आगोङ भनिन्छ ।

अहिलेकी महारानीको पूरा नाम टुङ्कु अजिजा अमिना मैमुना इस्कन्दरिया सुल्तान इस्कन्दर हो। उनी वर्तमान महाराजाकी पत्नी हुन् । मलेशियामा भिन्न प्रकृतिको संवैधानिक राजतन्त्र छ। देशका विभिन्न वंशका नौ शासकहरू पालैपालो पाँच वर्षका लागि देशको राजा बन्छन् ।

भनेकी थिइन् महारानीले के ?

शृङ्खलाबद्ध ट्वीट गर्दै उनले व्यक्तिगत कारणले आफूले ट्विटर छोड्न लागेको लेखेकी थिइन्।

“प्रहरीले ती मानिसलाई नियन्त्रणमा लिएकाले म साँच्चै दु:खी छु। यत्रो वर्ष म र मेरा पतिले कहिल्यै पनि हामीबारे नराम्रो कुरा गरिँदा पनि प्रहरीमा उजुरी गरेनौँ,” उनलाई उद्धृत गर्दै स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ।

उनका अनुसार आलोचकहरूलाई पक्राउ गरिएको थाहा पाएपछि उनी दु:खित र आक्रोशित भइन् र पुन: ट्विटर चलाउन थालेकी हुन्।

“म आफैँले दरबारलाई प्रहरीलाई कुनै कारबाही नगर्न सूचित गर्न भनेँ। म फेरि पनि भन्छु – मैले उनीहरूका कारण मेरो खाता बन्द गरेकी थिइनँ।”

शुक्रवार राति पार्टी सोसियालिस मलेशिया नामक दलका एक सदस्यलाई महारानीबारे अपमानजनक सन्देशहरू लेखेको आरोपमा समातिएको थियो।

उनको नाम खालिद इस्माथ भएको बताइएको छ । उनलाई जुन कानुनका आधारमा पक्राउ गरिएको थियो त्यसको प्रतिपक्षी दल र मानवाधिकारवादी समूहरूले लामो समयदेखि आलोचना गर्दै आएका छन् । मानवाधिकारकर्मी तथा राजनीतिकर्मीहरूले प्रहरीले अनावश्यक हस्तक्षेप र दुर्व्यहार गरेको बताएका छन्।

इस्माथले आफूले महारानीको अपमान नगरेको दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ११ : ५८ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले