भारतीय फिल्म कलेजसँग ओस्कारको सहकार्य « Khabarhub

भारतीय फिल्म कलेजसँग ओस्कारको सहकार्य


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र र अभिनय अध्यापन गराउँदै आएको राजधानीको ओस्कार कलेजले भारतीय फिल्म कलेजसँग पठनपाठनमा सहकार्य गर्ने भएको छ । सत्यजीत रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट, फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट र नेसनल स्कुल अफ ड्रामाका डिन तथा पदाधिकारीलाई केही दिनअघि भेटेर यस्तो सम्झौता गरेको हो ।

ओस्कार कलेजका तर्फबाट एकेडेमिक निर्देशक मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नव विजय श्रेष्ठ र साउन्ड फ्याकल्टीका आलोक तिवारीले ती पदाधिकारीलाई भेटेका थिए । मनोज बाबु पन्तका अनुसार भ्रमणमा महत्त्वपूर्ण सम्झौता भएको छ ।

‘हाम्रो एकेडेमिक कोर्स डिजाइन गर्नेदेखि फ्याकल्टी आदान प्रदान गर्नेसम्म पनि सम्झौता भएको छ, सिनेमा पढाउने सवालमा उनीहरुको इतिहास लामो छ, त्यसैले पनि यो सम्झौताले दीर्घकालीन फाइदा हुने अपेक्षा राखेका छौं,’ पन्तले भने ।

सो भ्रमणमा आगामी दिनमा कलेजका विद्यार्थीलाई वार्षिक प्रशिक्षणसँगै कार्यशालाका लागि उनीहरुले श्रोत व्यक्ति उपलब्ध गराउनेसँगै विद्यार्थीहरुले तयार पारेका फिल्म पनि एक अर्काको देशमा देखाइने सम्झौता भएको पन्तको भनाइ छ ।

यस्तै एकेडेमिक को–अर्डिनेटर नव विजय श्रेष्ठले आगामी दिनमा निर्देशन, स्क्रिृप्ट, सम्पादन, साउन्ड डिजाइन, अभिनय र छायांकनमा विधामा शिक्षक साटासाट गर्ने सम्झौता भएको बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १२ : १४ बजे

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन– चितवनमा उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ रोगको

‘सीसी क्यामेरा’बाट कक्षाकोठा निगरानी

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–९ स्थित सिद्धकेदारनाथ आधारभूत विद्यालयमा ‘सीसी क्यामेरा’बाट

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– संघीय संसद सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको

ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको

भक्तपुर प्रहरीको ‘स्वीप अपरेसन’ : थप ३० जना पक्राउ

भक्तपुर– भक्तपुर प्रहरीले सार्वजनिक स्थलहरुमा शान्तिसुरक्षा भङ्ग गर्ने गतिविधिमा संलग्न