मानिस तयार नहुँदा संकटमा जिब्रो छोड्ने जात्रा « Khabarhub

मानिस तयार नहुँदा संकटमा जिब्रो छोड्ने जात्रा


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– वि.स. २०६३ सालदेखि रोकिएको भक्तपुरको जिब्रो छेड्ने जात्रा गत वर्ष आएर फेरि सुचारु भएको थियो । तर यसवर्ष जिब्रो छेड्ने मान्छे तयार नहुँदा जात्रा रोकिएको छ । यससँगै जात्रा संकटमा परेको देखिएको छ ।

गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि—५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेका थिए ।

करिब १२ वर्षसम्म रोकिएको यो जात्रा श्रेष्ठले जिब्रो छेडेसँगै पुनः सुचारु भएको थियो । लोपन्मुख यो जात्रा हरेक वर्ष निरन्तर सञ्चालन होला भन्ने स्थानीयले अपेक्षा गरेका थिए ।

तर, जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि जात्राले निरन्तरता पाउन सकेन ।

स्थानीयका अनुसार जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलन रहेको छ । सोही प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेजु जात्रा व्यवस्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो ।

२५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले वि.स. २०७२, २०५७ र ०६३ मा गरी १० वर्षमा तीनपटक जिब्रो छेडाएका थिए ।

त्यससँगै स्थानीयले युवा समिति गठन गरी जात्रा जोगाउने अभियान शुरु गरेका थिए । अभियानअनुसार वि.स. २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्र भक्त गजु श्रेष्ठले र ०७५ मा थिमिका श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  १ : १९ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको