मुस्लिम बाहुल्यता रहेको पाकिस्तानमा चामत्कारिक शिव मन्दिर (फोटो फिचर) « Khabarhub

मुस्लिम बाहुल्यता रहेको पाकिस्तानमा चामत्कारिक शिव मन्दिर (फोटो फिचर)


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाकिस्तान कट्टर मुस्लिम धर्मावलम्वीको बाहुल्यता भएको देश हो । पाकिस्तानमा ९८ प्रतिशत मानिस इस्लाम धर्म मान्दछन् ।

पाकिस्तान इन्डोनेसियापछिको मुसलमान जनसंख्यामा बाहुल्य भएको दोश्रो देश हो । पाकिस्तानमा हिन्दु धर्मालम्बीको संख्या अत्यन्त कम छ । हिन्दु धर्मावलम्वीको संख्या न्यून भए पनि धार्मिक आस्था राख्ने हिन्दुहरु पनि छन् । जहाँ भगवान शिबको चामत्कारिक मन्दिर छ ।


पाकिस्तानको चकवाल गाउबाट ४० किलोमिटरको दुरीमा रहेको कटस गाउको पहाडमा अवस्थित उक्त शिब मन्दिर लगभग ९ सय बर्ष पुरोना रहेको मानिन्छ । कटसराज नामक उक्त मन्दिर पाकिस्तानमा रहेका हिन्दुधर्मालम्बिहरुको आस्थाको प्रमुख स्थल मानिन्छ । हाल कटसराज मन्दिर भएको स्थलमा सत्ययुगमा भगवान शिब सतीदेविको मृत्यु भएपछि वैराग भएर रुँदै पुगेको विश्वास गरिन्छ ।

पिता दक्षप्रजापतिको यज्ञ कुण्डमा आत्मदाह गरेकी सतीदेविको वियोग सहन गर्न नसकि भगवान शिव रुदै चौध भुवनको यात्रा गरेको पौराणिक पुस्तकमा उल्लेख छ । सोही बेला पाकिस्तानको कटस गाउमा पुगि सतीदेविको स्मरणमा शिब रोएका थिए । भगवान शिवको दुई आखाबाट आशु खसेको कारण पाकिस्तानको कटस गाउँमा एक पोखरी बनेको र त्यसैको नाम कटाक्ष कुण्ड बनेको थिए ।

जबकी भगवान शिव को अर्काे आखाबाट खसेको आँसु भारतको राजस्थान स्थित पुष्कर तीर्थमा खसि अर्काे कुण्ड बनेको थियो । मान्यता अनुसार उक्त कुण्डमा रहेको पानीमा चामत्कारिक शक्ति रहेको छ । उक्त कुण्डमा रहेको पानी निलो र हरीयो रंगको रहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ३ : २४ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले