पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले « Khabarhub

पत्रकार हुँ भन्दै भेट्न गएका व्यक्तिले आइओएमका डिनलाई कालोमोसो दले


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–चिकित्साशास्त्र अध्ययन संस्थान (आएओएम)का डिन प्राडा जगदीश अग्रवाललाई एक विद्यार्थीले कालोमोसो दलेका छन् ।

न्यू टाइम्सका ‘पत्रकार हुँ’ भन्दै अन्तरवार्ताका लागि समय मागेर भेटेका एक व्यक्तिले डा अग्रवाललाई आइतवार दिउँसो सवा दुई बजेतिर कालोमोसो दलेर भागेका हुन् ।

समाचारका लागि कुराकानी गर्न भन्दै अग्रवाललाई आइओएम परिसरमा भेटेका ती व्यक्तिले केही समय कुराकानी गरेपछि कालोमोसो छ्यापेर भागे थिए ।

डा अग्रवाललाई मोसो छ्यापेर भाग्ने व्यक्ति फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आइओएममा भर्ना प्रक्रियाको विषयलाई लिएर मेडिकल विद्यार्थीहरु आन्दोलित छन् ।

मेडिकल विद्यार्थीहरुले डा अग्रवालको कार्यकक्षामा दुईसातादेखि तालाबन्दी समेत गरेका छन् । कार्यकक्षमा विद्यार्थीले तालाबन्दी गरिदिएपछि डा अग्रवाल अन्य कोठामा बस्ने गरेका थिए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ५ : १७ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन