७ प्रदेशका ७ जना कृषकलाई नगद पुरस्कारसहित अवार्ड प्रदान « Khabarhub

७ प्रदेशका ७ जना कृषकलाई नगद पुरस्कारसहित अवार्ड प्रदान


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पहिलो पटक ७ प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्डद्वारा सम्मान गरिएको छ ।

विगत एक दशदेखि विभिन्न समाजिक कार्यमा संलग्न ७ कृषकहरुलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

प्रदेश १ बाट विशाल राई, (विशाल कृषि फर्म, विर्तामोड) प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (वाग्मती गोट फिड्स प्रा.लि.धार्के धादिङ), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली)ले नगद १५– १५ हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै उप्रधानमन्त्री पोख्रेरलले सरकारले कृषिलाई खुशी नेपाल समृद्ध नेपालीको पहिलो प्रथामिकतामा राखेका बताए । उनले कृषि प्रधान देश भनेर आयात गर्नु दुख भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरी काम गर्ने बताए ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : ०५ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप