प्रतिपक्षी कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध « Khabarhub

प्रतिपक्षी कांग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेको छ । कांग्रेस सांसदहरुले भदौ २६ गते बाँकेमा भएको घटनाबारे दिइएको जाहेरी दर्ता गर्नुपर्ने माग गर्दै शुरुआतमै उठेर बैठक अवरुद्ध गरेका हुन् ।

कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले बाँके क्षेत्र नं ३ प्रदेशसभा ‘ख’अन्तर्गत पर्ने खजुरा गाउँपालिका कांग्रेसले सञ्चालन गरेको हिमाल, पहाड, तराई, मधेश नेपाली राष्ट्रिय जागरण अभियान कार्यक्रम सीतापुरमा भदौ २६ गते चलिरहेका बेला खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्ल नेतृत्वको समूहले कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि साङ्घातिक आक्रमण गरेकाले जाहेरी नलिएसम्म कांग्रेसले संसद् अवरुद्ध गर्ने बताए ।

उनले घटनाबारे गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाए पनि पीडितले जाहेरी गर्न खोज्दा दर्ता नभएको र अहिलेसम्म पनि मुख्य अभियुक्तलाई पक्राउ नगरिएकामा आपत्ति जनाए । “किटानी जाहेरी दर्ता गरियोस् । लोकतान्त्रिक पार्टीमाथि आक्रमण भएको छ । यो योजनाबद्ध घटना हो । घटनाप्रति सरकार गम्भीर छैन”, उनले भने ।

सांसद राधेश्याम अधिकारीले सरकारले अहिलेसम्म पनि जाहेरी दर्ता गरेको छैन तपाईं कसरी कारवाही गर्नुहुन्छ ? भन्दै गहृमन्त्री थापालाई प्रश्न गरे । सांसद अनिता देवकोटाले नेकपाको सरकार भएकाले कानून लाग्ने हो वा होइन भन्दै सरकारलाई प्रश्न गरे । सांसद सुरेन्द्र पाण्डेले पीडितको तर्फबाट दिइएको जाहेरी अस्वीकार गर्नु लोकतन्त्र विरोधी भएको टिप्पणी गरे ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ६ : ४६ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका