असोज २ बाट कपडाको प्रदर्शनी « Khabarhub

असोज २ बाट कपडाको प्रदर्शनी


२९ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वदेशमा उत्पादित धागोबाट बनाइएका कपडाको प्रदर्शनी हुने भएको छ ।

नेपाल धागो उत्पादक संघले यही असोज २ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाली धागोबाट उत्पादित कपडाको प्रदर्शनी गर्ने भएको हो ।

संघले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाँच दिने प्रदर्शनीमा नेपालमा उत्पादित धागोबाट बनाइएका कपडा, स्वेटर, सर्टिङ सुटिङ, होजियारी, झुल लगायतका वस्तु राखिने जानकारी दिएको छ ।

नेपालमा हाल वार्षिकरुपमा करिब ४० हजार मेट्रिक टन धागो उत्पादन हुने गरेको छ । उत्पादित धागोमध्ये ८० प्रतिशतभन्दा बढी भारत र तेस्रो मुलुकमा निर्यात हुने गरेको छ ।

संघका अध्यक्ष पवन गोल्याणले धागो उद्योगमा साना उद्यमीहरुलाई आकर्षित गर्न र स्वदेशी धागोबाट बनाइएका कपडाको बजार प्रबद्र्धनका लागि प्रदर्शनी गर्न लागेको बताए ।

नेपालमा हाल सञ्चालनमा रहेका उद्योगमध्ये रिलायन्स, त्रिवेणी, जय र जगदम्बा स्पिनिङ प्रमुख धागो उद्योग हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७६, आइतबार  ७ : ०४ बजे

नेप्से परिसूचक १४ अंकले बढ्यो

काठमाडौं– यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज

भेनेजुएलाका पूर्वराष्ट्रपति मादुरो अदालतमा उपस्थित हुँदै

न्यूयोर्क- भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो अमेरिकास्थित अदालतमा उपस्थित हुने भएका

थप शपथ लिँदै ज्ञानेन्द्र शाहीले भने- नष्ट हुन्छु, भ्रष्ट हुन्न

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले देश

संस्कृतिकर्मी श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’

म्याग्दी– म्याग्दीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठलाई ‘सूर्यनारायण पुरस्कार’ प्रदान गरिएको छ

शपथपछि रास्वपाको व्यस्तता : ४ बजे केन्द्रीय समिति, ५ बजे संसदीय दलको बैठक

काठमाडौं–  नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथ ग्रहण सम्पन्न भएपछि राष्ट्रिय