पायल्स निको पार्न अपनाउनुस् यस्ता घरेलु विधि « Khabarhub

पायल्स निको पार्न अपनाउनुस् यस्ता घरेलु विधि


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


534
Shares
  • change font
  • change font
  • change font

पायल्स रोगका बिरामीहरु दिन प्रतिदिन बढ्दो अवस्थामा छन् । दैनिक खानपानमा ध्यान नदिँदा यस्तो रोगको जोखिम झन बढ्ने चिकित्सकहरु बताउँछन् ।

कब्जियत नै पायल्सको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । पायल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ।

पायल्स रोग निको पार्ने केही घरेलु विधि यहाँ प्रस्तुत गरिएको छ । यी विधि अपनाउँदा पायल्स हुन नदिन र पायल्स भएकाहरुलाई निको पार्न उपयोगीसिद्ध हुनेछ ।

पायल्स भएका विरामीहरुका लागि घ्यूकुमारी अचुक औषधी हो । पायल्स भएमा विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ। बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३–४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

काँचो केरा उसिनेर बिहान–बेलुका खाँदा पनि पायल्स रोगीका लागि निकै फाइदाजनक हुन्छ । पायल्सका रोगीले तारेको(भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ।

अलिभ (जैतुन)को तेल लगाउँदा पायल्सका विरामीहरुका लागि आराम मिल्छ । मूलाको रस बिहान बेलुका खाँदा पायल्सका रोगीलाई फाइदा हुन्छ । आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ।

दिसा गर्दा समस्या हुनु नै यसको खास लक्षण हो । मलाशयमा भारीपन हुने, दिसा राम्रोसँग नहुने, दुख्ने जस्ता सुरुवाती लक्षण हुन् । जति जति रोग बढ्दै जान्छ, उत्तिनै दुखाई बढी हुन्छ । गुद्वारमा मासुको डल्ला निस्कने, त्यसमा चिलाउने हुन्छ ।

कब्जियत आउन नदिनका लागि खानपानमा सर्तकता अपनाउनु पर्छ । किनभने अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा कब्जियतको कारण बन्छ ।

अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ । त्यस्तै दिसा रोक्ने बानी अर्को कारण हो ।

स्वस्थ्य खानपान र जीवनशैलीले यस्तो समस्या निवारण गर्न सकिन्छ । पायल्सको समस्या छ भने चाहि त्यसको प्रकृति अर्थात श्रेणी अनुसार उपचार विधि अपनाउनु पर्छ । सामन्य स्थितिमा खानपान, जीवनशैली, व्यायाम आदिबाट यसको निदान खोज्न सकिन्छ ।

पायल्स भएको अवस्थामा बोसोयुक्त, तारेको, भुटेको, मसलेदार, मासुजन्य, दुधजन्य, मैदाबाट बनेका, कार्बोनेटेड ड्रीकं आदिको सेवन गर्नु हुँदैन । मदिरापान, धुमपानले पनि यसलाई जटिल बनाउँन सक्छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ७ : ५२ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर