जकिर खानले संसारकै सानो कार बनाएर राखे रेकर्ड « Khabarhub

जकिर खानले संसारकै सानो कार बनाएर राखे रेकर्ड


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नाम, दाम, मान र प्रष्तिष्ठा कमाउन मानिसहरु निकै लागिपर्छन् । कोही सफलता हात पार्छन् त कोही प्रयासरत नै रहन्छन् । हालै एक जनाले संसारकै सानो कार बनाएर रेकर्ड राखेका छन् ।

भारत बेङ्गलोरका इन्टेरियर डिजाइनर जकिर खानले मोडिफाई गरेको एसयूभी संसारकै सानो कारको नामले गिनीज वर्ल्ड रेकर्डमा दर्ता भएको छ ।

सानैदेखि कार तथा मोटरसाइकलको मोडिफिकेसनमा विशेष रुची राख्ने जकिरले डिजाइन गरेको उक्त जिप्सीको उचाई ३ फिट रहेको छ ।

जकिर भन्छन्, ‘कार, मोटरसाइकलको मोडिफिकेसनमा मेरो विशेष रुची छ । हाल मैले बनाएको मिनी–जिप्शीले वर्ल्ड रेकर्ड राख्दा निकै खुसी लागेको छ ।’

उनकाअनुसार यसमा ८४० सीसी क्षमताको थ्री–सिलिन्डर इन्जिन लगाइएको छ । यसको टपस्पीड क्षमता १४० किलोमिटर प्रतिघन्टा रहेको खानले बताए । फ्लाटवेट बडी–स्टाइलमा निर्माण भएको यो कारमा मिनी ह्वील लगाइएको छ ।

जस्तोसुकै रोडमा गुड्न सक्ने यो कारमा दुईवटा सिट राखिएको छ । खानले यसअघि पनि संसारकै सबैभन्दा ठूलो साइजको मोटरसाइकल निर्माण गरी गिनिज बुकमा आफ्नो नाम लेखाइसकेका छन् । उनले निर्माण गरेको मोटरसाइकल १३ फिट अग्लो थियो ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ९ : १० बजे

राजनीतिक नियुक्तिबारे सरकारसँग छलफल गर्न माग

काठमाडौं– सांसदहरूले नयाँ राजनीतिक नियुक्तिहरूको विषयमा सरकारसँग छलफल गर्न माग

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौं– नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ । सरकारले

पछिल्लो २४ घण्टामा एक हजार १७३ सवारीसाधन कारबाहीमा

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा विभिन्न

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुन्छ’

सुदूरपश्चिम– सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा ३००