३ फिल्मबाट हुनेछ शाहरुख खानको धमाकेदार कमब्याक ! « Khabarhub

३ फिल्मबाट हुनेछ शाहरुख खानको धमाकेदार कमब्याक !


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – शाहरुख खानको ‘जिरो’ लगायत अन्य फिल्म फ्लप भएपछि शाहरुख खानको स्टारडममा धक्का लाग्यो । फ्यान मात्र होइन, शाहरुख खान पनि निराश बने । झण्डै १ वर्षदेखि शाहरुख खान ठूलो पर्दामा देखिएका छैनन् । तर उनी हार मान्ने र घरमा थन्किएर बस्ने कलाकारमा भने पर्दैनन् ।

यो समय उनले विश्लेषण गरे, के चलिरहेको छ, के गर्नुपर्ने छ, कस्तो फिल्म दर्शकले हेर्न चाहिरहेका छन् । यी बारेमा पक्कै खानले ध्यान दिइरहेका होलान् । यतिबेला भने बलिउडमा चर्चा छ कि, शाहरुख खानले रोमान्टिक नभएर फरक खालको फिल्ममा काम गर्न चाहेका छन् ।

आफ्नो जन्मदिनको मौका पारेर शाहरुख खानले नयाँ फिल्म घोषणा गर्ने भन्दै भारतीय मिडियाले स्रोतको हवाला दिँदै लेखेका छन् । खबरका अनुसार २ नोभेम्बरमा शाहरुखको जन्मदिन पारेर ३ फिल्म घोषणा हुने भएका छन् ।

शाहरुखले राजकुमार हिरानी, शंकर र गुरिंदर चड्डासँग ३ फिल्ममा काम गर्ने चर्चा छ । हिरानीले लामो समयदेखि शाहरुखलाई काममा ल्याउने विचार गरिरहेका थिए । कमैलाई मात्र थाहा छ कि, मुन्नाभाइ एमबीबीएस पनि हिरानीले शाहरुखलाई लिएर नै बनाउन चाहन्थे । तर कुरा मिलेन । पछि हिरानीले ‘थ्री इडियट्स’ मा पनि अफर गरे ।

उक्त फिल्म पनि शाहरुखले गर्न पाएनन् । योपटक भने हिरानीले पनि शाहरुखसँग काम गर्ने मौका गुमाउन चाहेका छैनन् ।

दक्षिण भारतमा शंकर पनि निकै चर्चित निर्देशक नाम हो । उनले रोबोट बनाएर चर्चा पाएका थिए । गुरिंदर चड्डाले भने हल्का फुल्का कथाका फिल्म बनाउँछन् । ती कथामा पनि शाहरुखले अभिनय गर्ने सम्भावना छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ४ : ३९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले