बक्सिङको बन्द प्रशिक्षण शुरु | Khabarhub Khabarhub

बक्सिङको बन्द प्रशिक्षण शुरु


२८ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत बक्सिङ खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ ।

बन्द प्रशिक्षणमा १६ खेलाडीमध्ये ११ जना सहभागी भएका छन् । बाँकी पाँच खेलाडी चीनमा आयोजना हुने ‘वल्र्ड आर्मी च्याम्पियनशीप’मा भाग लिन त्यसतर्फ गएका छन् ।

बन्द प्रशिक्षणमा महिला ४८ किलोतर्फ ललिता महर्जन, ५१ किलोतर्फ माला राई, ५७ किलोतर्फ चन्द्रकला थापा, ५४ किलोतर्फ मिनु गुरुङ, ६० किलोतर्फ सङ्गीता सुनार र ६४ किलोतर्फ पुनम रावल छन् ।

यस्तै पुरुष ४९ किलोतर्फ सुशिल थापा मगर, ५२ किलोतर्फ तेजबहादुर देउवा, ५६ किलोतर्फ पुरन राई, ६० किलोतर्फ शनिल शाही, ६४ किलोतर्फ भुपेन्द्र थापा, ६९ किलोतर्फ विकास लामा, ७५ किलोतर्फ दीपक श्रेष्ठ, ८१ किलोतर्फ मनोहर बस्नेत, ९१ किलोतर्फ अर्जुन सिगु र ९१ किलो बढी तौलमा आशिष दुवाडी बन्द प्रशिक्षणमा छन् ।

नेपाली टोलीलाई उज्वेकिस्तानका अन्तर्राष्ट्रिय प्रशिक्षक अलि शेर राखि मोभले तथा नेपाली प्रशिक्षकहरु प्रकाश थापा मगर, ओलम्पियन प्रविन तुलाधर, ओलम्पियन डम्बरदत्त भट्ट, दीपक महर्जन र किशोर लिम्बु, प्रेमबहादुर पौंजु र प्रमिला राईले प्रशिक्षण दिनेछन् ।

बन्द प्रशिक्षणका लागि पोखरा आएको टोलीलाई राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङ तथा विभिन्न खेलकूद सङ्घसंस्थाका प्रतिनिधिले स्वागत गरेका थिए । सागमा बक्सिङसहित आठ खेल पोखरामा खेलाइनेछ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  ८ : ५९ बजे

फरक ढङ्गको विकासको अभ्यासमा छौँ : मुख्यमन्त्री कार्की

दमक– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको

ओली-प्रचण्ड वार्ता : नयाँ बजेट, उपनिर्वाचन र माधव नेपालको असन्तुष्टिबारे कुराकानी

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा (एमाले)

मेयर बालेनबारे ओलीको टिप्पणी : सुकुम्बासी र गरिबलाई देखिसहेनन्, लखेटिरहे

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-७

विश्वासको मत नलिए नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुन्छ : सचेतक भण्डारी

विराटनगर– कोसी प्रदेशसभा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका प्रमुख