मोन्टेङ्ग्रोलाई ७–०ले हराउँदै इंग्ल्याण्ड यूरो कपमा छनोट « Khabarhub

मोन्टेङ्ग्रोलाई ७–०ले हराउँदै इंग्ल्याण्ड यूरो कपमा छनोट


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मोन्टेङ्ग्रोलाई ७–०ले हराउँदै इंग्ल्याण्ड यूरो कपमा छनौट छनोट भएको छ ।

बिहीबार राति भएको खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड अर्को बर्ष हुने युरोकपका लागि छानिएको हो ।

इंग्ल्याण्डले आफ्नौ एक हजारौ खेलमा महत्वपुर्ण जित्न आत्मसाथ गर्यो ।

समूह एको खेलमा इंग्ल्याण्डले घरेलु मैदान वेम्वलीमा मोन्टेङ्ग्रोमाथि प्रभावशाली जित रच्यो ।

कप्तानी ह्यारी केनले टोलीका लागि पहिलो ह्याट्रिक गरेको खेलमा ओक्सलेड चाम्बरलिन, मार्कुस रासफोर्ड र अब्राहमले एक एक गोल गरे । इंग्ल्याण्डले एक आत्मघाती गोल उपहार पाएको थियो ।

छनोटको खेलमा ह्याट्रिक पुरा गरेका ह्यारी इंग्ल्याण्डको सर्वाधिक ५ गोलकर्ताभित्र अटाएका छन् ।

चाम्बरलिनको गोलबाट ११ औ मिनेटमा इंग्ल्याण्डले खेलमा अग्रता बनाएको थियो ।

१८ औ मिनेटमा केनले घरेलु टोलीको अग्रता दोब्बर बनाएका थिए । उनले २४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० ले अघि बढाए ।

रासफोर्डले ३० औ मिनेटमा टोलीका लागि चौथो गोल गरे । ३७ औ मिनेटमा केनले ह्याट्रिक पुरा गरेका थिए ।

६६ औ मिनेटमा सोफ्रनाकले आत्मघाति गोल गरेपछि इंग्ल्याण्ड खेलमा ६–० ले अघि बढेको थियो । ८४ औ मिनेटमा अब्राहमले गोल गर्दै इंग्ल्याण्डलाई ७–० को जित दिलाउन सफल रहे । राष्ट्रिक टिमका लागि अब्राहमको पहिलो गोल समेत हो ।

समूह एको खेलमा इंग्ल्याण्डले ७ खेलबाट १८ अंक जोड्यो । मोन्टेङ्ग्रो ३ अंक सहित चौथो स्थानमा रह्यो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : २९ बजे

ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले ठमेल क्षेत्रमा अश्लिल क्रियाकलापमा लाग्ने पाँच विदेशी

पाल्पामा डीएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा– पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ ।

विश्वकपको दबाब: हारपछि किन सबैभन्दा पहिले प्रशिक्षकले पद गुमाउँछन् ?

काठमाडौँ – विश्वकप जित्ने सपना बोकेर मैदानमा उत्रिएका सबै टोलीको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

विश्वकप फुटबल : बोस्निया हर्जगोभिनालाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा आयोजक राष्ट्र अमेरिका अन्तिम