थिएरी हेनरी बने अमेरिकी क्लव मोन्टरियल इम्प्याक्टको मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

थिएरी हेनरी बने अमेरिकी क्लव मोन्टरियल इम्प्याक्टको मुख्य प्रशिक्षक


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सेली प्रशिक्षक थिएरी हेनरी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब मोन्टरियल इम्प्याक्टका मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

फ्रान्स तथा आर्सनलका पूर्व स्ट्राइकर हेनरीले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् ।

फुटबलबाट सन्यास लिनु अघि ४२ वर्षे हेनरीले न्युयोर्कबाट एमएलएस लिग खेलेका थिए ।

फ्रेन्च क्लब मोनाकोबाट बर्खास्तमा परेपछि हेनरीले पहिलोपटक क्लब सम्हाल्न लागेका हुन् । उनलाई मोनाकोले जनवरीमा बर्खास्त गरेको थियो ।

सन् २०१६ मा बेल्जियमको सहायक प्रशिक्षक बनेका हेनरी सन् २०१८ को अक्टोबरमा मोनाकोका प्रशिक्षक बनेका थिए ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ६ : ५२ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र