युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित « Khabarhub

युनिमीको नेपाल च्याप्टर अध्यक्षमा धिताल र महासचिवमा भण्डारी निर्वाचित


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा काम गर्ने सवै प्रकारका श्रमिक र पत्रकारहरुको अन्तर्राष्ट्रिय साझा संस्था युनिमीको नेपाल च्याप्टरका लागि नयाँ नेतृत्व चयन भएको छ ।

काठमाडौमा सम्पन्न युनिमी नेपालको साधारण सभाले अध्यक्षमा नेपाल टेलिभिजनका गोविन्द घिताल र महासचिवमा राष्ट्रिय समाचार समिति (रासस)का जीवन भण्डारीलाई निर्वाचित गरेको छ ।

युनिमी नेपालका निवर्तमान महासचिव समेत रहेका धिताल नेपाल टेलिभिजन कर्मचारी संघको निवर्तमान अध्यक्ष पनि हुन् भने महासचिवमा निर्वाचित भण्डारी सञ्चार कानुनका अध्यापक पनि हुन् ।

समितिको उपाध्यक्षमा कान्तिपुर टेलिभिजन कर्मचारी संघकी अध्यक्ष निर्मला बस्नेत, उपमहासचिवमा प्रेस काउन्सीलका सुरेन्द्र मल्ल, सचिवमा इमेज एफएमका काशीनाथ दवाडी, सहकोषाध्यक्षमा मेट्रो एफएमका शिव रेग्मी र सदस्यमा अनिता रिमाल चयन भएका छन् ।

११ सदस्यीय कार्यसमितिमा फरकफरक मिडिया हाउसबाट प्रतिनिधित्व गर्ने गरी बरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र दुई जना सदस्य पछि मनोनयन गरिने निवर्तमान अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।

साधारण सभामा युनिमी आबद्ध रहेको युएनआई नेपालका अध्यक्ष शंकरप्रसाद लामिछानेले सञ्चार, मनोरञ्जन र कला क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा कामदारहरुको सामूहिक हित र सुरक्षाका लागि शसक्त र प्रभावकारी रुपमा प्रस्तुत हुन नयाँ नेतृत्वलाई शुभकामना दिए ।

उनले संसारभरी शाखाहरु रहेको युनिमीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनसँग सहकार्य गरेर नेपालमा यस क्षेत्रका कर्मचारी, कामदार र पत्रकारहरुका लागि नेतृत्वदावी भूमिका खेल्ने विश्वास पनि व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष धितालले पत्रकार र श्रमिक सम्वन्धी कानुनहरु श्रमिकमैत्री बनाउन र कार्यान्वयन गर्न लगाउने गरी सवै जिल्ला तथा सञ्चार प्रतिष्ठानमा संगठन विस्तार गर्ने योजना रहेको बताए ।

विश्वका ७० देशमा समिति रहेको युनिमीको प्रधान कार्यालय स्वीजरल्याण्डमा छ भने जोहेनस स्डुडिङगर यसको अन्तर्राष्ट्रिय अध्यक्ष हुन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ९ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया