काठमाडौं– विश्व खेलकुदमा महामारीकै रुपमा रहेको ‘एन्टी डोपिङ रुल्स भाइलेसन’ बारे अहिले नेपाली खेलकुदमा पनि चर्चा भइरहेको छ । मंसिर १५–२४ संचालन हुने १३ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) मा डोपिङ परीक्षण हुने भएको छ ।
फिफा विश्वकप फुटबल २०१८ मा आयोजक राष्ट्र रसियाका स्टार खेलाडी डिनियस चेरिसेभमाथि पनि एन्टी डोपिङ भाइलेसन चेक जाँच भइरहेको छ । यस्तै, चीनका कीर्तिमानी पौडि खेलाडी सन योङबारेको छलफल शुक्रबार हुँदैछ ।
यस्ता, थुप्रै घटना छन्, जसले ‘फेयर गेम’ हुनबाट वञ्चित गर्दछ । एन्टी डोपिङ भाइलेसन भएका चर्चित खेलाडी यस्ता छन् ।
घटना नम्बर –१
नोभेम्बर १३, बुधबार, क्रोएसियाका साइकिलिष्ट क्रिष्टिन्जा दुरासेक एन्टी डोपिङमा परेका छन् । युसीआई (युनियन साइकिलिष्ट इन्टरनेसनल)ले उनी डोपिङमा परेको भन्दै उनमाथि ४ बर्षको प्रतिवन्ध लगाएको छ ।
दुरासेक युएईको साइकिलिङ टीम इमिरेट्सबाट व्यवसायिक ‘राइडर’ का रुपमा काम गर्दै आएका थिए ।
उनले २०१९ को क्यालिफोनिर्या भ्रमणका क्रममा जर्मन–अस्ट्रियाबीचको क्षेत्रमा रहँदा डोपिङ गरेको आशंकामा युसीआईले उनको नाम यसअघि नै सार्वजनिक गरिसकेको थियो । उक्त डोपिङ आरोप प्रमाणित भएको छ । उनले ‘व्लड डोपिङ’ गरेको पाइएको हो ।
घटना नम्बर – २
९ अक्टोबर २०१९ मा २ जना साइकिलिष्ट नै डोपिङमा परेका थिए । बहराइनका ‘राइडर’ क्रिष्टियान कोरेन र बोरुट बोजेक ७ बर्षपछि डोपिङमा दोषी देखिएका थिए । कोरेनले सन् २०११ र २०१२ मा बहराइन मेरिडाबाट खेल्दा डोपिङ गरेको भेटिएको थियो भने अहिले झण्डै ७ बर्षपछि अनुसन्धानले उनलाई दोषी ठहर गरेको छ ।
डोपिङ गरेको भेटिएपछि उनलाई २ बर्षको प्रतिवन्ध लागेको छ ।
यस्तै, कोरनकै क्लबका ‘स्पोट् डाइरेक्टर’ बोजेकले पनि वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वार्डा) ले प्रतिबन्ध गरेको छ । उनले पनि कोरेनकै जस्तो वार्डाको प्रतिवन्धित सामाग्रीको सेवन गरेको भन्दै प्रतिबन्धमा परेका हुन् । उनले सन् २०१२ मा डोपिङ गरेका थिए ।
घटना नम्बर – ३
सन् २०१८ को फिफा विश्वकप फुटबलमा आयोजक राष्ट्र रुसका स्टार खेलाडीडेनिस चेरिसेभले पनि डोपिङमा परेका छन् ।
उनले टिमका लागि देखाएको अद्भुत खेल क्षमतामाथि प्रश्न गर्दै एन्टी डोपिङ एजेन्सीले उनीमाथि अनुसन्धान थालेको थियो । तर, सेप्टेम्बर २०१९ मा उनीमाथि अनुसन्धान थालिएपनि अहिलेसम्म उनले डोपिङ गरेका हुन वा होइनन् भन्ने प्रमाणित भइसकेको छ्रैन्।
नेपालमा भएका ‘एन्टी डोपिङ रुल्स भाइलेसन’ – फेल भएका खेलाडी
घटना नम्बर १
नेपाली खेलाडीमा पहिलो पटक बडिबिल्डिङका सानु गुरुङ ‘एन्टी डोपिङ भाइलेसन’ मा परेका थिए । उनको परिक्षण पनि निकै लामो समय चल्यो । जसमा उनी २ बर्ष प्रतिवन्धमा परेका थिए ।
घटना नम्बर २
नेपालका एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारी पनि डोपिङमा परेका थिए । सन् २००६ मा श्रीलंकामा भएको दक्षिण एसियाली खेलकुद (साग) मा उनले डोपिङ गरेको भेटिएको थियो ।
भण्डारीको डोपिङ ‘पोजेटिभ’ भएपछि उनले प्राप्त गरेका २ स्वर्ण पदक गुमाएका थिए । नेपालकाे डोपिङ विशेशज्ञ चिकित्सक डा.सरोज कृष्ण श्रेष्ठ राजेन्द्रमा डोपिङ गरेकाे भेटिएको बताउँछन् ।
भण्डारीको प्रतिवन्धपछि ११ औं सागमा पुनरागमन भएको थियो । उनले ११ औं सागमा नेपाललाई स्वर्ण दिलाएका थिए । त्यहाँ पनि उनको डोपिङ परिक्षण गरिएको थियो । तर, नमूनामा डोपिङ गरेकाे भेटिएन् ।
घटना नम्बर ३
त्यस्तै, २०१४ मा बक्सिङ खेलाठी लक्ष्मण तामाङ पनि एन्टी डोपिङ रुल्स भाइलेसनमा परेका थिए । उनीमाथि पहिलो पटक ४ बर्षको प्रतिवन्ध लागेको थियो । अहिले तामाङ पनि प्रतिवन्धित जीवन सकाएर खेल जीवनमा फर्किएका छन् ।
माथि उल्लेखित उदाहरणहरु ‘डोपिङ’ जाँचमा ‘पोजेटिभ’ देखिएका अर्थात, एन्टी डोपिङ रुल्स भाइलेसन भएका खेलाडी हुन् । डोपिङ अहिले विश्व खेलकुदमा घट्दो क्रममा रहेपनि एसिया तथा दक्षिण एसियाली क्षेत्रमा यसले ठूलो रुप लिइरहेको डा. सरोज कृष्ण श्रेष्ठ बताउँछन् ।
लामो समय डोपिङबारे अध्ययन र अनुसन्धानमा जुटेका डा.श्रेष्ठ सचेतना र डोपिङ शिक्षाको कमिले अहिले दक्षिण एसियाली क्षेत्रमा बढ्दो क्रममा रहेको बताउँछन् । नेपाल, भारत, बंगलादेश र भुटानजस्ता देशमा डोपिङको समस्या घट्दाे क्रममा रहेको श्रेष्ठको भनाई छ ।
डोपिङ जुनसुकै बेला जुनसुकै खेलका खेलाडीको गर्न सकिने उनको भनाई छ । त्यतिमात्रै होइन् डोपिङ परीक्षण गरेको नमूना ८–१० बर्षपछि पनि गर्न सकिन्छ ।
डा.श्रेष्ठको भनाईको उदाहरण बहराइनका साइकिलिङ खेलाडी क्रिष्टियान कोरेन र खेल डाइरेक्टर बोरुट बोजेकको कारबाहीलाई लिन सकिन्छ । उनीहरु सन् २०११ र २०१२ देखिको अनुसन्धानमा परेका थिए तर, अक्टोबर २०१९ मा कारबाहीमा परे ।
नेपालमा मंसिर १५–२४ आयोजना हुन गइरहेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि एन्टी डोपिङ रुल्स भाइलेसन हुनसक्ने आशंका धेरैको छ ।
‘डोपिङ अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हुनेहो । यो सागमा पनि हुन सक्छ । त्यो नेपाली खेलाडीमा पनि हुन सक्छ । सार्क राष्ट्रबाट आउने अन्य खेलाडीमा पनि हुन सक्छ,’ वरिष्ठ खेल पत्रकार निरंजन राजवंशी भन्छन्,‘ वार्डा यसमा धेरै खर्च गरेको छ । नेपाली खेलाडी र प्रशिक्षकहरुले डोपिङमा नपरुन भनेर कति सजग छन् भन्ने कुरा हो ।’
‘एन्टी डोपिङ रुल्स भाइलेसन’ रोक्न वाडालाई आईओसीको साथ
एन्टी डोपिङ रुल्स भाएलेसन रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ‘वर्ल्ड एन्टी डोपिङ एजेन्सी’को स्थापना गरेको छ । वाडामार्फत् खेलकुदमा हुने एन्टी डोपिङ रुल्स भाएलेसनका घटनालाई रोक्न लागि परेको छ ।
वाडाबाट मान्यता प्राप्त विश्व भर ३३ वटा ‘ डाेपिङ कन्ट्राेल ल्याव’ छन् । जहाँ हरेक देशले पठाएका डोपिङ परेका खेलाडीको रगत र पिसाब जाँच गरिन्छ ।
अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा डोपिङ सधै गरिन्छ । त्यसैले पनि पछिल्लो समय यी घटनामा संलग्न पाएका खेलाडीहरुलाई देखेर अन्य खेलाडी वार्डाले प्रतिवन्ध लगाएका साम्रग्रीको प्रयोग तथा सेवन गर्दैनन् ।
दक्षिण एसियामा वार्डाको ल्याव भारतमा छ । यस क्षेत्रमा भएका डोपिङको ‘नमूना’ जाँच त्यहिँ गरिन्छ । वार्डाले ओलम्पिक र नन ओलम्पिक खेलकुद भनेर प्रक्षपण गर्ने गरेको छ । वार्डाले २००८ देखि २०१७ सम्म गरेको अध्ययनमा एन्टी डोपिङ भाइलेसन बढ्दै गएको तथ्याङक २०१७ मा सार्वजनिक गरेको थियो ।
‘एन्टी डोपिङ रुल भाएलेसन’ ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हुने गरेको डा.सरोज कृष्ण श्रेष्ठ बताउँछन् । यस्ता घटनाहरुले अन्य खेलाडीको खेलमा त असर गर्छ नै स्वयम डोपिङ रुल भाएलेसनमा पर्ने खेलाडी लागि पनि घातक रहेको उनको अनुभव छ ।
‘सागमा डोपिङ हुने’
डोपिङ नेपालमा हरेक बर्ष भइरहेको डा.श्रेष्ठले बताए । तर, कतिजनालाई ‘पोजेटिभ’ भन्यो वा भनेन भन्ने कुरा फरक रहेको उनको भनाई छ । मंसिरमा हुन लागेको सागमा डोपिङ अझै प्रभावकारी रुपमा गर्ने अगाडि बढाउने श्रेष्ठले भने ।
‘हामीले आठौं राष्ट्रिय खेलकुदमा पनि डोपिङ गरेका थियौं । त्यसयता निरन्तर हरेक बर्ष डोपिङ गर्दै आइरहेका छौं,’ उनले खबरहबसँग भने, ‘हरेक बर्ष डोपिङ गर्नै पर्छ । यो सागमा धेरै भन्दा धेरै खेलाडीको डोपिङ गछौं ।’
डोपिङ एक्सपर्टको अभाव हुँदा सागका लागि जापान, कोरिया चीनलगायतका राष्ट्रका डोपिङ एक्सपर्टलाई झिकाउनुपर्ने उनले बताए । सागका हरेक देशबाट डोपिङ एक्स्पर्ट झिकाउने योजनामा रहेको श्रेष्ठले बताए ।
के हो एन्टी डोपिङ रुल्स भाइलेसन के हो ?
यो खेलाडीले प्रतिबन्धित पदार्थ सेवन गरेको छ कि छैन भनेर गरिने जाँच हो । एन्टी डोपिङ रुल्स भाइलेसनमा खेलाडीको पिसाब र रगत नमूना लिएर जाँच गरिन्छ । यसका लागि वार्डाका ल्याब छन् । वार्डाबाट विश्वभर सम्बन्धन प्राप्त ३३ वटा ल्याव छन् । यो बर्ष भारतको ल्याव शीर्ष १० भित्र परेको छ ।
हामीले संकलन गरेको नमूना भारतको ल्यावमा पठाउँछौं । त्यो ल्यावमा नम्बर लेखेर नमूना पठाउँछौं । उसलाई केही पनि जानकारी हुँदैन । कुन देशको खेलाडी हो के नाम हो भन्ने ।
यदि ल्यावमा त्यो नम्बर ‘पोजेटिभ’ भयो भने उनीहरुले नेपालमा यो नम्बरको खेलाडीको एन्टी डोपिङ भाइलेसन भयो भनेर पठाउँछ ।
त्यसपछि हामीले त्यो जुन देशको खेलाडी हो त्यो देशलाई जानकारी दिन्छौं । तिमीहरुको खेलाडीको यस्तो रिपोर्टबाट आयो । भनेर भन्छौं । डोपिङ गर्दा ए र बि नमूना भन्ने हुन्छ ।
ए पहिले गरिने टेस्ट र बि भनेको एन्टी डोपिङ भाएलेसन पोजेटिभ देखिए स्वयम खेलाडीले ल्यावमा पुगेर नमूना दिने हो । ए स्याम्पल पोजेटिभ देखिइसकेपछि बि मा पनि पोजेटिभ हुने सम्भावना ९९ प्रतिशत रहन्छ ।
एन्टी डोपिङ भाएलेसन भएको प्रमाणीत भएपछि कति ? के–के कारबाही हुन्छ भन्ने प्रक्रियामा जान्छ।
प्रतिक्रिया