स्वदेश फर्कनु अघि बंगलादेशका राष्ट्रपति आजै चन्द्रागिरी र पाटन दरबार जाने « Khabarhub

स्वदेश फर्कनु अघि बंगलादेशका राष्ट्रपति आजै चन्द्रागिरी र पाटन दरबार जाने


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार दिने नेपाल भ्रमण पूरा गरि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज (शुक्रबार) स्वदेश फर्किँदै छन्।

स्वदेश प्रस्थान गर्नुअघि उनले चन्द्रागिरी र पाटन दरबार स्क्वायर अवलोकन गर्ने भएका छन् । विहान ११ बजे चन्द्रागिरी र दिउँसो १ बजे पाटन दरबार स्क्वायर घुमेर उनी आज अपराह्न ४ बजे बंगलादेश प्रस्थान गर्ने छन् ।

गत मंगलबार काठमाडौं आएका बंगलादेशका राष्ट्रपति हमिदले बुधबार दिनभर उच्चस्तरीय भेटवार्तामा व्यस्त भए । वहीवार विहान पोखरा पुगेका उनले फेवातालमा जलविहार गर्नुका साथै रुपाकोटबाट दृश्यावलोकन गरेका थिए ।

राष्ट्रपति हमिद स्वदेश प्रस्थानका लागि आज अपराह्न सवा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयअनुसार उनलाई विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले विदाई गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ११ : ०२ बजे

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको