फेसबुकले हटाइदियो ३ करोड ३ लाख पोस्ट, तपाइँको त परेन ? « Khabarhub

फेसबुकले हटाइदियो ३ करोड ३ लाख पोस्ट, तपाइँको त परेन ?


२९ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–सामाजिक सञ्जाल फेसबुकले हालैका दिनमा ३ करोड ३ लाखभन्दा बढी पोस्ट हटाएको जनाएको छ। फेसबुकका अनुसार करिब एक तिहाइ सामग्री बालउत्पीडनसँग सम्बन्धित हानिकारक पोस्टहरु रहेका छन् ।

फेसबुकका अनुसार ती सामग्री सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएको हो । उक्त अवधिमा हटाइएका सामग्रीमध्ये १ करोड १६ लाख सामग्री बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसा झल्कने प्रकारका छन् ।

फेसबुकले स्वामित्व लिएको अर्को लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्यांक पनि पहिलो पटक सार्वजनिक गरिएको छ।

फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म फेसबुकबाट हटाइएका १ करोड १६ लाख र इन्स्टाग्रामबाट हटाइएका ७ लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्रीमध्ये ९९ प्रतिशत आफैंले पत्ता लगाएको हो । अन्य एक प्रतिशत सामग्री भने अरूले दिएको जानकारीपछि हटाइएको हो ।

फेसबुकका अनुसार त्यसरी हटाइएका सामग्रीमा ३३ लाख ४५ हजार आत्महत्यासम्बन्धी छन् । त्यसैगरी, लागूऔषध बेचबिखनसम्बन्धी ५९ लाख सामग्री छन् । त्यसैगरी हतियार बेचबिखनबारेका सामग्री २३ लाख ५८ हजार र आतंकवादसम्बन्धी अल कायदा, आईएस र सहयोगी संस्थाका इन्स्टाग्रामबाट १ लाख ३३ हजार सामग्री हटाइएको दाबी गरेको छ। सन् २०१९ को जनवरीदेखि मार्चसम्मको तीन महिनामा फेसबुकले बाल यौनहिंसासम्बन्धी करिब ६० लाख सामग्री हटाएको जनाएको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  २ : १० बजे

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा

हङकङमा नरजित राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ – हङकङेली नेपाली साहित्यकार नरजित राईको सातौँ साहित्यिक कृति

विकास देखिने गरी हुनुपर्छ : मन्त्री भण्डारी

अत्तरिया– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने